Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पmलेवास नगरपालिकाका मतदाता भन्छन् पूर्व साँसदको पाँच बर्षमा एउटा राम्रो समाचार सुनिएन

२०७४, १२ मंसिर मंगलवार ०३:३६


 पर्वत ।   निर्वाचनको बेला उम्मेदवार मतदाताको घरमा पुगे भने, ठुला ठुला योजना, रोजगार, खानेपानी लगायतका अन्य थुपै योजना माग्छन् । तर यहाँका स्थानियवासीले भने उम्मेदवार सँग विश्वास मागेका छन् । 

चुनावी अभियान लिएर मंगलवार फलेवास नगरपालिका वडा नम्बर ११ पाङराङ र विहादी गाउँपालिका १ वाच्छामा घरदैलो तथा मतदाता भेटघाट पुगेका प्रतिनिधी सभा ख का उम्मेदवार राजेन्द्रप्रसाद तिवारी सँग स्थायिय महिलाहरुलाई भ¥याङ बनाएर अगडी बढ्ने प्रवृतीका अन्त्य गर्न माग गरेका छन् । ‘२०७० सालको निर्वाचनमा महिलाहरुलाई ठुला आश्वासन दिए, यो गछौ त्यो गछौ भने आखिर सिन्को भाँचेनन् पाङराङकी,’–सरिता पाठकले भनिन् । ‘पहिला त भोट हाल्नुहोस् हामी महिलाहरुका लागि उद्योग सञ्चालन गछौ  सिप मूलक तालिम दिन्छौ भने, अहिले जितेर यहि वाटो हिड्छन् तर, यो गाउँमा ५ बर्षमा १ पटक पनि टेकेनन्, ।’


पूर्व साँसद विकास लम्साल तर्फ लक्षित गदै उनले भनिन्– हामीलाई ठुला आश्वासन दिएर गएका नेता उनको पाँच बर्षमा एउटा राम्रो समाचार सुनिएनन् । तपाईले पनि त्यस्तै गर्नुहुन्छ कि ? उनले प्रश्न गरिन् ,।’ पाङराङकी सरिता जस्तै विहादी गाउँपालिका १ वाच्छामा अनिल क्षेत्रीको भनाई पनि त्यस्तै छ । ‘निर्वाचनको बेलामा ठुला ठुला सपना देखाउने जितेर गएपछि वेवास्ता गर्ने परिपार्टीको अन्त्य होस् भन्ने चाहान्छु । २ बर्ष विदेश बसेर आएका क्षेत्रीलाई संविधान सभाको निर्वाचनमा ठुला सपना देखाईयो । तर , ’अहिले नयाँ भिजन भएको मान्छलाई भोट हाल्ने हो तर, यसलाई भोट हाल्छु भनेर हजुर सँग नभनौँ, उनले भने ।  हामी यस क्षेत्रको विकास चाहान्छौ, हाम्रो क्षेत्रको जस्ले विकास गर्छ उसलाई भोट हाल्ने हो । दरदैलो कार्यक्रममा पुगेका तिवारीले सबैको गुनासो सुनेपछि आफुले जिल्लाको मुहार फेर्न चाहेको वताउनु भयो । जिल्लावासीहरुले सदियौँदेखि  भोग्दै आएको सडकको समस्या, खानेपानी, स्वास्थ्य शिक्षा र रोजगारीको समस्या समाधान गर्ने मुल उदेश्य लिएर आफु उम्मेदवार वनेको वताउँदै तिवारीले एक पटक आफ्नो एजेण्डा पुरा गर्ने गरि जिताउन मतदातालाई आग्रह गरे । कसैलाई प्रलोभनमा पारेर र झुठा आस्वसन दिएर भोट नमाग्ने वताउँदै तिवारीले जिल्लावासीहरुको विश्वासमाथी ठेस नपुराउने उद्घोष गर्नुभयो ।


जितेर गएपछि जिल्लावासीहरुलाई नहेर्ने उम्मेदवारहरुवाट वाक्क परेका पर्वत क्षेत्र नम्बर २ का नागरिकहरुको असल सेवक वन्न जनताको भोट माग्न आएको उहाँले वताउनुभएको छ । जनताको आँखामा जे सपना छ आफ्नो आँखामा पनि त्यहि सपना रहेको चर्चा गर्दै उम्मेदवार तिवारीले जनतालाई समृद्धि दिने दोहोराउनुभएको छ । फलेवास नगरपालिकावाट अत्यधिक मत पाउने उहाँले विश्वास समेत व्यक्त गर्नुभएको छ । हिजोमात्रै २० जना यूवाहरु न्ेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गरेका यूवाहरुले देशलाई निकाश दिने र अभिभाकत्व गर्ने पार्टि काँग्रेस नै रहेको र भोली पनी काँग्रेसले यूवाहरुका आवश्यकता पुरा गर्ने ठहर गर्दै काँग्रेसमा प्रवेश गरेको वताएका छन् । उक्त कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसाल,नेताहरु गंगाधर तिवारी, ऋषीकेश तिवारी गंगराज शर्मा, राधाकुमारी कुँवर क्षेत्री,कृष्ण शर्मा गौँडेल लगायतले पनि सम्बोधन गर्दै काँग्रेसको विजय सुनिश्चित रहेको वताउनुभएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश