2026-09-19 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाका सबै मतदान केन्द्रका मतपेटिका हेलिकोप्टर र स्थलमार्गबाट सदरमुकाममा

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर १२, दार्चुला । पहिलो चरण अन्तरगत आइतबार निर्बाचन सम्पन्न भएपश्चात जिल्लाभरीको सबै मतपेटिका सदरमुकाम खलंगा ढुवानि गरीएको छ । 

दार्चुलामा १ सय २६ मतदान केन्द्रको मतपेटिका स्थलमार्गको प्रयोग गरेर र ३ ओटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरमार्फत ढुवानि भएको मुख्य निर्बाचन अधिकृत राजेन्द्र नेपालले बताए ।

जिल्लाको अति बिकट एब. दुर्गम ब्यास गाउँपालीकाको दुम्लीङ मतदान केन्द्रको मतपेटिका मंगलबार बिहान ११ बजे नेपाली सेनाको हेलीकोप्टरमार्फत ढुवानि गरीएको छ । यसअघि सोमबार बेलुकि अपिहिमाल गाउँपालीकाको पाथा र छेत्ति मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरमार्फत खलंगा पुगिसकेको सहायक प्रमुख जिल्ला अधिकारी सिबराज जोशीले बताए । 

दार्चुलामा कुल १ सय १० मतदान स्थल र १ सय २९ ओटा मतदान केन्द्र रहेका छन । मुख्य निर्बाचन अधिकृतको कार्यालयले जिल्लाभरीको सबै मतपेटिका बुझिसकेको जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयसंगै रहेको कर्मचारी आवास भवनमा २१ गतेसम्म मतपेटिका सुरक्षा ब्यबस्थापनका साथ राखीने जिल्ला प्रहरी प्रमुख डिएसपी जनक बहादुर शाहीले बताए । उहाका अनुसार मतपेटिका भएको ठाउँमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा म्यादी प्रहरीले सुरक्षा दिने छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई