२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धोती छाडेर ढाका टोपीमा नेता त्रिपाठी

१२ मंसिर २०७४, मंगलवार ०६:४९

नवलपरासी संवाददाता | मंसिर १२, परासी । राजपाबाट असन्तुष्ट भई स्वतन्त्र राजनीतिक समुह गठन गरी एमालेसँग गठजोड गरेका नेता हृदयेस त्रिपाठीलाई अहिले घरदैलो गर्न भ्याई नभ्याई छ । कोर मधेसमा उनी आफ्नो सदाबाहार पहिरन कुर्ता, पैजामा, कोट र रुमालमा प्रस्तुत भईरहेका छन् भने पहाडी समुदायको घरदैलोमा जाँदा अन्य पहिरनसँगै ढाका टोपी थपी रहेका छन् । सँगै समुदाय अनुसार आफ्ना चुनावी एजेण्डाहरु पनि समुदाय सान्दार्भिक पस्की रहेका छन्………..

देशका केही रोचक निर्वाचन क्षेत्र मध्ये प्रदेश नं.५ को नवलपरासी प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.१ पनि अत्यन्तै प्रतिक्षाले देखिएको छ । राजपाका अध्यक्ष मण्डलका पुर्व सदस्य एंव पुर्व मन्त्री नेता त्रिपाठी र कांग्रेसका पुर्व सांसद देवकरण कलवार (सन्तु) को मुख्य भिडन्त रहेको यस क्षेत्रमा दुबै यो निर्वाचन जसरी पनि जित्ने भन्दै दाउमा छन् ।

नेपालका केही राजनीतिक खेलाडीहरु मध्ये नेता त्रिपाठीलाई पनि चिन्ने गरिएको छ । मधेसको एक प्रभावशाली नेताको रुपमा आफुलाई प्रस्तुत गर्ने नेता त्रिपाठी यस निर्वाचनमा बाम गठबन्धनबाट उमेदवारी दिएका कारण उक्त क्षेत्रको चुनावी माहोल झन रोचक र प्रतिस्पर्धी दुबै बनेको छ । राजपाबाट चुनाव जित्न फलामको चिउरा चपाए जस्तै भएपछि नेता त्रिपाठी बाम गठबन्धनको शरणमा पुगेका हुन् । मधेसको हक अधिकारको लागि जोडदार रुपमा प्रस्तुत हुने नेता त्रिपाठी यसभन्दा पहिला नेकपा एमाले र नेपाली कांग्रेस प्रति अत्यन्तै आक्रमक रुपमा प्रस्तुत हुदै आएका थिए । तर अहिले उनी बामपन्थी प्रति पूर्ण रुपले लचक भई नेपाली कांग्रसप्रति आक्रमक बनेका छन् । २०६४ सम्म उनले जित्दै आएको निर्वांचन क्षेत्र कोर मधेस क्षेत्र थियो । तर अहिले बर्दघाट नगरपालिका उनको निर्वाचन क्षेत्रमा समाबेश भएको छ । अहिलेको उनको निर्वाचन क्षेत्र नं १ मा बर्दघाट नगरपालिका, सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकाको ४, ५, ६, ७ नंम्बर. वडाहरु पनि जोडिएका छन् । हाईवे देखि सिमासम्म बनेको नयाँ निर्वाचन क्षेत्रमा करीब ६० प्रतिशत पहाडी समुदायको बस्ती छ । कोर मधेस क्षेत्रमा आफु स्वतन्त्र राजनीतिक समुहका उमेदवार भएको बताउने नेता त्रिपाठी पहाडी समुदायमा बाम गठबन्धनको उमेदवार भएको बताउदै आएका छन् ।

नेता त्रिपाठीले २०५१ सालमा ३ हजार ५ सय ६८ मतले बिजयी भएका थिए भने २०५६ मा ७ सय ८४, २०६४ मा जम्मा  १ सय ७३ मतले बिजयी र २०७० को निर्वाचनमा ६ हजार १ सय ५६ मतले पराजित भए । उनलाई कांग्रेसका नेता देवकरण कलवारले पराजित गरेका हुन् । फेरी उनका प्रतिद्धन्द्धी नेता कलवारनै बनेका छन् । सो क्षेत्रमा कांग्रेसको पकड रहेको छ भने नेता त्रिपाठीको पनि ब्यक्तिगत मत धेरै रहेकाले रोचक प्रतिस्पर्धा हुने देखिएको छ । तर आम मतदाताले भने जो सुकै जितेपनि यस क्षेत्रको बिकास हुनुपर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की