2026-08-27 01:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन विरोधी गतिविधिमा संलग्न ५७ जना पक्राउ

मङ्सिर १३, झापा । झापामा एकपछि अर्को गर्दै उम्मेदवार लक्षित आक्रमण शुरु भएको छ । 

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराउँदै आक्रमण हुन थालेका छन् । 

भद्रपुरस्थित संघीय एकाइ प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले मेचीबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न ५७ जनालाई पक्राउ गरेको जनाए पनि उम्मेदवारलाई लक्षित गर्दै बम विस्फोट गराउने कार्यले शान्ति सुरक्षाप्रति चिन्ता व्यक्त गरिएको छ । 

नेपाली काँग्रेसका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाको घरमा बम विस्फोट भएको छ । चन्द्रगढीस्थित सिटौलाको घरमा सोमबार राति १२: ४७ बजेको समयमा अज्ञात समूहले बम विस्फोट गराएको थियो । 

सुरक्षाको दृष्टिकोणले सुरक्षित मानिएको सदरमुकाम चन्द्रगढीमै सिटौला निवास रहेको छ । सिटौला घरको सुरक्षार्थ पाँच जना प्रहरी परिचालन भए पनि उहाँको घरमा सोमबार राति बम प्रहार भएको थियो । 

त्यस्तै कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको घरमा पनि बम फेला परेको छ । उहाँको घरमा फेला परेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले मंगलबार नै निष्क्रिय गरेको थियो । 

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा पनि बम विस्फोट गराइएको थियो भने नेपाली काँग्रेस झापा सभापति तथा झापा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उद्धव थापाको घरमा पनि बम विस्फोट गराइएको थियो । 

वम विस्फोटका कारण थापाको घरमा राखिएको बोलेरो जिपमा क्षति पुगेको छ भने सिटौला र ओलीको घरमा सामान्य मात्र क्षति पुगेको बताइएको छ । 

थप सुरक्षा रणनीति अपनाएका छौँ: प्रजिअ 

उम्मेदवारलाई लक्षित गर्दै शृंखलाबद्धरुपमा एकपछि अर्को घटना हुन थालेपछि प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले झापाको सुरक्षा व्यवस्थालाई अझ मजबुत राख्न थप सुरक्षा रणनीति अपनाएको बताउनुभएको छ । 

दिनहुँजसो झापामा उम्मेदवारलाई लक्षित गर्दै वम विस्फोट हुन थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले विशेष सुरक्षा रणनीति अपनाएको र सोहीबमोजिम आफूहरु अघि बढेको उहाँको भनाइ छ । 

निर्वाचनलाई लक्षित गर्दै एक सातायता विभिन्न गतिविधिमा संलग्न २० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’