पर्वत । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्वतमा नेकपा(एमाले) र माओबादी केन्द्रको बाम गठबन्धन तथा नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनका बिच रोचक चुनाबी भिडन्त हुने भएको छ । प्रतिनिधीसभा र प्रदेश सभामा दुई वटै ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्वतमा नेकपा(एमाले) र माओबादी केन्द्रको बाम गठबन्धन तथा नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनका बिच रोचक चुनाबी भिडन्त हुने भएको छ । प्रतिनिधीसभा र प्रदेश सभामा दुई वटै ग"/>
2026-09-19 12:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतका जनताले कसलाई रोज्लान ? गिरी कि जोशी ? 

पर्वत । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्वतमा नेकपा(एमाले) र माओबादी केन्द्रको बाम गठबन्धन तथा नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनका बिच रोचक चुनाबी भिडन्त हुने भएको छ । प्रतिनिधीसभा र प्रदेश सभामा दुई वटै गठबन्धनले आफ्नो पार्टी भित्रका बलिया उमेदवारलाई प्रतिष्पर्धामा    उतारेपछि चुनाबी भिडन्त बिगतको तुलनामा रोचक र प्रतिष्पर्धात्मक हुने प्रारम्भिक अनुमान गरिएको छ ।

पर्वतमा लोकतान्त्रिक गठबन्धन  भन्दा बाम गठबन्धनको पक्षमा भारी मत भएकाले लोकतान्त्रिक गठबन्धन लाई भने जित निकाल्न फलामको चिउरा चपाए सरह हुने छ । सुरक्षा निकाय र स्वतन्त्र बिष्लेषकहरुले गरेको चुनाबी प्रतिष्पर्धाको आँकलनका आधारमा पर्वतको चुनाबी भिडन्त अत्यन्तै रोचक र प्रतिष्पर्धात्मक हुने देखिएको छ।  गत स्थानिय तहको निर्वाचनको परिणाम अनुसार पर्वतमा नेपाली काँग्रेस बाम गठवन्धनले प्राप्त गरेको मत भन्दा झण्डै ७ हजारले पछाडि छ भने २०७० सालको संबिधानसभा निर्वाचनको मत परिणामका आधारमा बाम गठबन्धन झण्डै १२ हजार मतले अघि छ ।

बाम गठबन्धनले आफ्नो मतलाई जोगाउन सक्ने हो भने लोकतान्त्रिक गठबन्धनका उमेदवार पराजित हुने निश्चित देखिन्छ । तर यसपटक एउटा मात्रै प्रतिनिधीसभा भएको मतदाता समेत धेरै थपिएका कारण परिणामका बारेमा ठोकुवा गर्न भने कठिन छ ।कसको अवस्था कस्तो छएक वटा मात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा प्रतिनिधी सभाका लागि बाम गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष पदम गिरी चुनाबी प्रतिष्पर्धामा छन भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व साँसद अर्जुनप्रसाद जोशी चुनाबी मैदानमा छन् ।

बाम गठबन्धनबाट उमेदवार बनेका पदम गिरी पहिलो पटक संसदीय राजनितीमा प्रतिष्पर्धा गर्दैछन् । युवाहरुका बिचमा असाध्यै लोकप्रिय छबि बनाएका एमाले अध्यक्ष गिरीलाई अन्य पेशा ब्याबसायी र सर्वसाधरणले समेत आशा लाग्दा नेताको रुपमा हेरिरहेका छन् । उनीे पृथ्वीनारायण क्याम्पसको स्वबियु सभापति समेत भैसकेका कारण देश बिदेशमा रहेका युवाहरुले उनको पक्षमा ‘पर्वतले अब परिर्वतन चाहेको’ भन्दै प्रचारप्रसार थालेका छन् ।  पर्वतबाट तीन तीन पटक प्रतिनिधीसभामा निर्वा्िचत भएका जोशी चुनाबी रणनिती बनाउने खेलाडी कै रुपमा परिचित छन् । उनले पर्वतका दुई वटै निर्वाचन क्षेत्रमा स्थापित गराउने प्रयास यस अघि गरिसकेका छन् ।

जोशीले जनजाति समुदायमा राम्रो प्रभाव पार्दै आएका थिए तर पछिल्लो समयमा जनजातिका बिचमा एमालेका अध्यक्ष गिरी पनि उत्तिकै लोकप्रिय छबि बनाएका छन् । यसले गर्दा पर्वतको संबिधानसभा निर्वाचनमा गिरी र जोशीको भिडन्त रोचक र प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको छ । जोशी तीन पटक सम्म परिक्षण भैसकेका नेता हुन भने उनले चौथो पटक आफ्नो बिजय यात्रा सुनिश्चित गर्न चाहन्छन,     गिरी एक पटक पनि टेष्ट भएका छैनन् । गिरी उमेरमा भर्खरै चालिसको दशकमा पाइला टेकेका युवा उमेदवार हुन भने जोशी ७० को दशकमा पाइला टेक्न थालेका उमेदवार हुन् ।

जोशी तीन तीन पटक साँसद हुँदा मन्त्री बन्न नसकेको र जिल्लाको दिर्घकालिन रुपमा बिकासका खास योजना नबनाएको आरोप लाग्ने गरेको छ भने गिरीलाई जिल्ला अध्यक्ष भएपनि क्षेत्र नं २ मा कम प्रभाब भएको आरोप लाग्छ ।नेतामा डर र दृढताकाँग्रेसको किल्ला मानिएको पर्वतलाई निर्वाचनले कतै बामगठवन्धन किल्लामा परिणत गर्न सक्छ कि भन्ने स्वयम काँग्रेसी नेताहरुमा डर देखिएको छ ।  काँग्रेसका केहि नेताहरु भने हिङ नभएपनि हिङ बाँधेको टालो भएकोले बामगठबन्धन भएपनि केहि असर नपर्ने बताउँछन् । मिति नजिकिदै गर्दा बामगठबन्धनका भातृ जनवर्गीय संघ संगठनहरु समेत सक्रिय भएर लाग्न थालेका छन् । नेपाली काँग्रेसले स्थानीय तहमा प्राप्त गरेको मत बामगठबन्धनको भन्दा ६ हजारले कमी छ । जसका आधारमा पनि पर्वतमा बामगठबन्धन नेपाली काँग्रेसभन्दा शक्तिशाली देखिएको छ ।

नेपाली काँग्रेसमा समेत बामगठबन्धनले यसपाली ठूलै चुनौती थपिदिएको छ ।  काँग्रेसलाई यसपाली चुनाव जित्न भने पहिलेको जस्तो सहज भने पक्कै छैन ।वाममय माहोलजसले गर्दा अहिलेको पर्वतको माहोल वममय बन्दै गएको बामपन्थी नेताहरु बताउँछन् । बामगठबन्धनले हामी बामपन्थीहरुलाई उत्साह मिलेको छ एक नेताले भने यस पटकको निर्वाचनको परिणाम सोचे भन्दा पृथक हुन सक्छ ।  बाम गठबन्धनको महोल र चुनावी प्रचारप्रसार तिब्र पारेको छ ।  गाउँगाउँमा चुनावी प्रचारको लागि वाइसिएल र युवा संघलाई शक्तिका रुपमा प्रयोग गर्ने भएको छ ।

यता नेपाली काँग्रेसले पनि नेविसंंघ, दलित संघ लगायतका भादृ संगठन परिचालन गर्ने भएको छ । तर जिल्लामा यो पटक भने बामगठबन्धनतर्फको माहोल बढीनै देखिएको स्वयम नेपाली काँग्रेसका कार्यकर्ताहरु बताउँछन् ।जोशीलाई गिरीको चुनौती तीन पटकसम्म पर्वतमा लगातार विजयी भएका नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशीलाई बामगठबन्धनका उम्मेदवार पदम गिरीले चुनौती थपेका छन् । दुइ वटा क्षेत्र हुदाँ क्षेत्र नं १ बा विजयी भएका जोशीलाई अब एकै क्षेत्र हुदाँ भने निर्वाचन जित्न थप चुनौती थपिएको बेलामा गिरी अर्को चुनौतीका रुपमा देखा      परेका छन् ।

विद्यार्थी राजनीतिबाट नेकपा एमालेको अध्यक्ष हुदै प्रतिनिधिसभाको उम्मेदवार बन्न पुगेका पदम गिरी जोशीको लागि सजिलो र सहजै हराउने प्रतिस्पर्दी भने पक्कै होइनन् । त्यसमा बामगठबन्धनको शक्तिले गिरीलाई शक्तिशाली बनाएको छ भने जोशीलाई आफ्नै पार्टीभित्रको आन्तरीक द्वन्द्वले थप चुनौती थपेको छ ।  पार्टीकै शीर्ष तथा पूर्व सांसद समेत जोशीको विपक्षमा देखिएका छन् जसले गिरीलाई निर्वाचन जित्नको लागि थप मसला प्रदान गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो