४ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘डीआईजी, एआईजीको डर देखाउंदै म्यादी प्रहरीको जागिर खाइदिने असईको धम्की

१३ मंसिर २०७४, बुधबार १०:५१

चिसाङ शेर्पा/मंसिर १३, खोटाङ । खोटाङको लामिडाँडा गाउँपालिका–४ डुम्रेधारापानी प्रहरी चौकीका असई हेमबहादुर अधिकारीले म्यादी प्रहरीलाई जागिरबाट निकाल्ने धम्की दिएका छन् । 

असई अधिकारीले म्यादी प्रहरीलाई गरेको भेदभाव सञ्चारकर्मीले थाहा पाएपछि उनीहरुलाई जागिरबाट निकाल्ने धम्की दिएका हुन् । म्यादी प्रहरीमाथि भेदभाव गरेको समाचार पुष्टि गर्न सञ्चारकर्मीले टेलिफोन गरेपछि असई अधिकारीले सबै म्यादी प्रहरीलाई ‘सेटअप पोजिसन’ मा राखेर कसले पत्रकारलाई जानकारी गराएको हो भन्दै निकैबेर केरकार गरेका थिए ।

सोही प्रहरी चौकीमा रहेका ४८ वर्षीया म्यादी प्रहरी देवीमाया आचार्यलाई असई अधिकारीले बिदा दिएर घर पठाइसकेका छन् । सो विषयमा प्रश्न गर्दा उनले प्रश्नकर्ता म्यादी प्रहरीलाई समेत धम्क्याएका थिए ।   

असई अधिकारीले डुम्रेधारापानी प्रहरी चौकीमा रहेका म्यादी प्रहरीमाथि भेदभाव गर्दै आएका छन् । उनले पुरुष म्यादी प्रहरीलाई रातिको ड्युटीमा खटाए पनि महिला म्यादी प्रहरीलाई बेलुका आठ बजेअघिको सजिलो ड्युटीमा खटाउने गरेका छन् ।

महिला म्यादी प्रहरीलाई खाना पकाउने काममा लगाएका उनले कतिपयलाई निःशुल्क खाना खुवाउने गरेका छन् । तर, पुरुष म्यादी प्रहरीलाई भने प्रति छाक ८० रुपैयाँ लिने गरेका छन् । ‘कसैलाई निःशुल्क खाना खुवाइन्छ, कसैलाई प्रति छाक ८० रुपैयाँ लिइन्छ,’ नाम उल्लेख नगर्ने सर्तमा डुम्रेधारापानी प्रहरी चौकीमा रहेका एक म्यादी प्रहरीले भने, ‘नुनथला, जाल्पा र ऐंसेलुखर्कमा रहेका हाम्रा साथीहरुलाई प्रति छाक ५० रुपैयाँमा खाना खुवाइँदोरहेछ । यहाँ भने मनपरी असुलिएको छ  ।’

महँगो खानाबारे जिज्ञासा राख्दा असई अधिकारीले भने, ‘२,२०० रुपैयाँ बोरा पर्ने चामलको भात खुवाएको छु । महँगो प¥यो भन्नेलाई होटलमा खान सक्छौ भनेको छु ।’ 

खाना मात्रै होइन, म्यादी प्रहरीलाई सुत्ने समस्या पनि त्यत्तिकै चर्को छ । उनीहरुमध्ये कतिपयलाई हिरासत, कसैलाई हुलाक त कतिपयलाई साबिक गाविसको सानो कोठामा कोचीकोची सुताउने गरिएको छ । नाम उल्लेख नगर्न अनुरोध गर्दै अर्का म्यादी प्रहरीले दुःखेसो पोखे, ‘लेकको ठाउँ । मंसिरको जाडो । यस्तो अवस्थामा पनि एकसरो ओढ्ने, ओछ्याउने नहुँदा राम्ररी निदाउन सकिएको छैन । कतिन्जेल यसरी ड्युटी गर्ने होला ।’

असई अधिकारीका अनुसार, डुम्रेधारापानी प्रहरी चौकीमा दुई कोठा छन् । दुई कोठामा ६ वटा पलङ छन् । त्यति पलङमा नअट्ने भएकाले विभिन्न ठाउँमा सुत्ने व्यवस्था मिलाइएको खस्रो आवाजमा जवाफ दिए । 

भेदभाव गरिएपछि असई हेमबहादुर अधिकारी र म्यादी प्रहरीबीच मंसिर ११ गते राति भनाभन भएको स्थानीयले जानकारी गराए । सोही विषय सञ्चारकर्मीलाई जानकारी गराएपछि असई अधिकारी केही हच्केका थिए । असईसँग टेलिफोनमा कुराकानी सक्ना साथ सिपाही कैलाश खड्काले ९८१७००५४४० नम्बरबाट पंक्तिकारलाई टेलिफोन गरेका थिए । 

असई अधिकारीले म्यादी प्रहरीलाई आइन्दा त्यसो नगर्न सुझाए छन् । ‘पत्रकार सत्रकारले के गर्छन् ? पत्रकार हुन् कि मानवअधिकारवादी मलाई के मतलब,’ असई अधिकारीले म्यादी प्रहरीलाई तर्साउँदै भनेका थिए, ‘हाम्रो पनि डीआईजी, एआईजीसँग संगत छ ।’  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालुवाटारमा कांग्रेस–एमाले शीर्ष नेता छलफलमा, मन्त्रिपरिषद् बैठक स्थगित प्रसाईंलाई साइबर ब्यूरो पठाइयो, आज म्याद थप नहुने रवि लामिछानेले हुण्डीबाट अमेरिकामा पैसा पठाएको पनि खुल्न आएको छः एमाले नेता बस्नेत जापान प्रकरण: एमालेका सांसद अधिकारीसहित ९ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति एमाले नेता बस्नेतले भने: पपुलरिटीको आवरणमा पपुलिस्टहरुले भ्रष्टाचार गरिरहेका छन्, बालेनदेखि कुलमानसम्म कसलाई के आरोप? ट्यालेन्ट हन्टबाट कर्णाली याक्सले छान्यो पाँच उदयीमान खेलाडी घलेको ‘इन्ट्री’पछि एनआरएनएमा अर्को ‘लफडा’, कार्यालय बन्द गराएर रिसोर्टमा केसी नसोचेको भयो – संयोजक शेष घले मीनबहादुरले एमालेलाई दान दिएको जग्गा प्रकरणको पेसी आज पनि हेर्न नभ्याइनेमा महिला कैदीलाई बलात्कार आरोपमा राजविराज कारागारका कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी कैलालीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु तीन महिनामा ४ खर्ब ७ अर्ब रुपैयाँ भित्रियो रेमिट्यान्स दुर्गा प्रसाईँविरुद्ध लाग्न सक्छ यी अभियोग दुर्गा प्रसाईँलाई पुर्‍याइयो वीर अस्पताल आफू पक्राउ अगावै दुर्गा प्रसाईंले दिएका थिए पक्राउको जानकारी चिर्पटले हिर्काएर श्रीमतिद्वारा श्रीमानको हत्या आज पनि एक हजार एक सय रूपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ? दु्र्गा प्रसाईँमाथि ७ वर्षसम्म हुनसक्छ कैद : अभिवक्ता विनिता तामाङ सरकार पहिलो चौमासिकमा राजश्व संकलन गर्न कमजोर भक्तपुरस्थित निवासबाट पक्राउ परे दुर्गा प्रसाईं प्रधानमन्त्री ओली र सभापति देउवाबीच आजपनि छलफल हुँदै