2026-09-19 12:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावी हिंसा बढ्यो: म्यादी प्रहरीको ज्यान गयो, उम्मेदवार गम्भीर

मङि्सर १४, काठमाडौं । दोस्रो चरणको मतदानका लागि एक साता बाँकी रहँदा निर्वाचनविरोधीले आपराधिक गतिविधि बढाउँदा सुरक्षामा खटिएका म्यादी प्रहरी विनोद चौधरीको ज्यान गयो । 

बुधबार शक्तिशाली एम्बुसमा पर्दा उदयपुर क्षेत्र नम्बर २ का कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भए। 

दुई दिनमा भएको विस्फोटमा परेर १५ जना घाइते भएका छन् । चुस्त सुरक्षा व्यवस्था मिलाइएको दाबी गरिएको उपत्यकाका ललितपुर र भक्तपुरमा विस्फोटका घटना बढेका छन् तर गृहका जिम्मेवार अधिकारी मौन छन्।

कात्तिक २४ बाट निर्वाचनविरोधी समूहले विभिन्न स्थानमा विस्फोट गराउँदै आए पनि मानवीय क्षति भएको थिएन । ४० विस्फोटक घटनामध्ये नुवाकोट र रौतहटको चन्द्रपुरमा भएको विस्फोटको घटना ठूलो थियो । नुवाकोटको घटनामा तीनजना सामान्य घाइते भएका थिए । रौतहटमा भएको घटनामा ७ वर्षीय जैविक राईसहित २ जना गम्भीर घाइते भएका थिए।

माओवादी केन्द्रले सम्हालेको गृह मन्त्रालय माओवादी मन्त्रीलाई बिनाविभागीय बनाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा छ । गृह सचिव मोहनकृष्ण सापकोट र शान्ति सुरक्षा महाशाखा प्रमुख नारायणप्रसाद शर्मा सञ्चारकर्मीको सम्पर्कमा आउन रुचाएका छैनन् । निर्वाचन सुरक्षाबारे हरेक दिन बेलुका गृहले  सपाट विज्ञप्ति जारी गरेर झारा टार्ने गरेको छ।

बुधबार बेलुका गृहले वेबसाइटमा राखेको विज्ञप्तिमा निर्वाचन सुरक्षाका क्रममा मारिएका सदस्यका परिवारलाई श्रद्धाञ्जली दिँदै घाइतेको स्वास्थ्यलाभको कामना गरिएको छ । पहिलो चरणको निर्वाचनदेखि नै गृह निर्वाचनविरोधी समूहबारे मौन बस्दै आएको छ । दोस्रो चरणको निर्वाचनमा समेत आपराधिक गतिविधिमा संलग्न समूहबारे उसको मौनता जारी छ।

बुधबार जारी गरिएको विज्ञप्तिमा ‘निर्वाचन विरोधीले विस्फोटको घटना घटाएको’ मात्र उल्लेख छ । विज्ञप्तिमार्फत उसले आपराधिक गतिविधि नगर्न संलग्न समूहलाई सचेत गराएको छ।

मंगलबार दाङको तुलसीपुरमा आयोजित कांग्रेसको सभानजिकै विस्फोट हुँदा म्यादी प्रहरी चौधरीसहित ८ जना घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि राप्ती अञ्चल अस्पतालमा भर्ना गरिए पनि चौधरीको ज्यान जोगिएन । अन्य उपचारकै क्रममा छन्।

बुधबार उदयपुरको गढी गाउँपालिकामा विस्फोटमा परी उम्मेदवार कार्कीसहित उदयसी बहुमुखी क्याम्पस कटारीकी स्ववियु सभापति निरा कटुवाल, प्रहरी जवान कालिदास श्रेष्ठ र चालक राजन कार्कीलगायत ७ जना घाइते भएका थिए । 

गम्भीर घाइते भएका उम्मेदवार कार्की र कटुवालको अवस्था गम्भीर भएपछि हेलिकप्टरमा काठमाडौं ल्याएर महाराजगन्जको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। नागरिक दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता