पर्वत । जिल्लामा चुनावी रौनकता बढिरहेको छ । मुख्य गरी बाममोर्चा र लोकतान्त्रिक मोर्चाले आफ्नो पक्षमा जनमत पार्नका लागि पार्टी प्रवेश, घरदैलो, कोणसभा र आमसभाहरु गरीरहेका छन । ति कार्यक्रमहरुमा मोर्चा प्रति विश्वास जनाउँदै पाटीै प्रवेशको लहर नै चलेको छ । बुधवार जिल्लाक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्लामा चुनावी रौनकता बढिरहेको छ । मुख्य गरी बाममोर्चा र लोकतान्त्रिक मोर्चाले आफ्नो पक्षमा जनमत पार्नका लागि पार्टी प्रवेश, घरदैलो, कोणसभा र आमसभाहरु गरीरहेका छन । ति कार्यक्रमहरुमा मोर्चा प्रति विश्वास जनाउँदै पाटीै प्रवेशको लहर नै चलेको छ । बुधवार जिल्लाक"/>
२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

खुर्कोटको सिंगो गाउँ नै बाममोर्चामा प्रवेश गरेपछि काँग्रेसमा रुवाबासी

२०७४, १४ मंसिर बिहीबार ०६:४०

पर्वत । जिल्लामा चुनावी रौनकता बढिरहेको छ । मुख्य गरी बाममोर्चा र लोकतान्त्रिक मोर्चाले आफ्नो पक्षमा जनमत पार्नका लागि पार्टी प्रवेश, घरदैलो, कोणसभा र आमसभाहरु गरीरहेका छन । ति कार्यक्रमहरुमा मोर्चा प्रति विश्वास जनाउँदै पाटीै प्रवेशको लहर नै चलेको छ । बुधवार जिल्लाको कुश्मा नगरपालिका वडा न २ खुर्कोटमा ठूलो संख्यामा नेपाली कांग्रेस छाडी एमाले र माओवादी केन्द्रमा पार्टी प्रवेश भएको । खुर्कोटको उपल्लो क्षेत्रका झण्डै १ सय ५६ जनाले टिका र माला ग्रहण गर्दै बाम मोर्चालाई सहयोग गर्ने उद्घोष गरेका छन ।

खुर्कोटमा आयोजीत कोण सभामा उनीहरुलाई माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रदेश सभाका उमेदवार नेत्र अधिकारी, नेकपा एमालेका केन्द्रिय सदस्य गोविन्द नेपाली र नेकपा एमाले पर्वतका जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभाका उम्मेदवार पदम गिरीले टिका र माला लगाई पार्टी स्वागत गरेका थिए । यस अघि स्थानीय तहको निर्वाचनमा कांग्रेसको बलियो क्षेत्र मानिएको खुर्कोटमा बामशक्ति प्रति पछिल्लो समयमा जनलहर बढेर गएको माओवादी केन्द्रका जिल्ला सदस्य मिनराज केसी अविरल बताउँछन । विकासको मुल प्रवाहमा खुर्कोट सधै पछाडी परेकोले प्रगतिशिल शक्तिलाई अव मतदान गर्ने वाचा गर्दै उनीहरु पार्टी प्रवेश गरेका हुन । योसंगै कुश्मा नगरपालिका भित्र बामशक्ति निकै बलियो देखिएको छ ।

बुधवार नै कुश्मा नगरपालिका वडा न १ पाङमा आयोजीत कार्यक्रममा पनि झण्डै ४२ जना कार्यकर्ता नेपाली कांग्रेस र राप्रपा छाडेर बाममोर्चामा प्रवेश गरेका छन । पाङ यस अघि नेपाली कांग्रेसको आधार क्षेत्र मानिदै आएपनि पछिल्लो स्थानीय तहको निर्वाचनमा एमालेले किल्ला भत्काएको थियो । पाङ क्षेत्रमा बाममोर्चा प्रति पछिल्लो लहर निकै उत्साहजनक रहेको वडा अध्यक्ष देवेन्द्र सुबेदी बताउँछन । पाङमा आयोजीत सभामा पार्टी प्रवेश गर्नेहरुलाई अधिकारी र गिरीसंगै एमालेका केन्द्रिय सदस्यद्धय बिजय गुरुङ र गोविन्द नेपालीले समेत फुल र माला लगाई पार्टीमा स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल