टेक शाही/मङ्सिर १४, डोल्पा । डोल्पा जिल्लाका सबै मतदान केन्द्रका मतपेटिका ४ दिन पछि जिल्ला सदरमुकाम दूनैमा पुगेका छन ।
६६ वटा मतदान केन्द्रका १ सय ९८ वटा मतपेटिका चार दिन पछि मूख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको मुख्य निर्वाचनअधिकृतको कार्यालयले जानकारि दिएको छ ।
प्रत्यक्ष २ र समानुपातिक एक गरि तिनवटै तर्फका मतपेटिका जिल्ला सदरमुकाम पुगे पछि राजनितिक दलका प्रतिनिधिको रोहवरमा मुख्य निर्वाचनअधिकृतको कार्यालयमा तालाबन्दी गरिएको मुख्य निर्वाचन अधिकृत रमेश कुमार ज्ञवालीले जानकारि दिए ।
उनकाअनुसार कोठामा राखेर ल्लाह छाप लगाइ कोठा शिलगरिएको बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बन्द कोठामा ल्लाह छाप सहित राखिएका मतपेटिकाको तिनवटा सुरक्षा घेरामा सुरक्षा पहरा दिइने जिल्ला सुरक्षा समितिका सँयोजक प्रमूख जिल्ला अधिकारी केशबराज आर्चायले जानकारि दिए ।
उनका अनुसार भित्रि घेरामा नेपाल प्रहरिमध्य घेरामा शस्त्र प्रहरि बल र बाहिरि घेरामा नेपाली सेनाले सुरक्षादिने बताए । उनले भने कडा सुरक्षाको घेरामा राखिएको मतपेटिकामा कसैले गलत नियत राखे सुरक्षाले हतियार चलाउन बाध्य हुने छ ।
भौगोलिक बिकटताका कारण माथिल्लो डोल्पाका मतपेटिकाहरु हेलकप्टरबाट ल्याउन कठिन भएकाले केहि दिन ढिला भएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारि दिएको छ ।
दोस्रो चरणको निर्वाचन सकिएको दिनमँसिर २१ गते बेलुकि ५ बजे पछिबाट मतगणना हुने पनि निर्वाचन कार्यालयले जानकारि दिएको छ । मतेपेटिका राखिएको कोठामा भने सिसि क्यामेरा, साइरन र अन्यकुनै पनि प्रबिधि प्रयोग गरिएको छैन ।
कुनै पनि अध्याधुनिक प्रबिधिको प्रयोग नगरिएको भएपनि तिनवटा सुरक्षा घेरामा मतपेटिका राखिएकोले कुनै सँका नगर्न मतदाता र उम्मेद्धारलाइ आग्रह गरेको मुख्य निर्वाचन अधिकृत रमेश कुमार ज्ञवालीले बताए । उनकाअनुसार अब एक सातामात्र रहेकोले सुरक्षापहरा कडाइ गरि मतपेटिका सुरक्षित राखिएको बताए ।
मतदाताको अमुल्यमत सुरक्षीत रहने र उम्मेद्धार र पार्टिले पनि बिश्वस्त हुन निर्वाचन कार्यालयले सबैमा अनुरोध गरेको छ । निर्वाचन सकिए सँगै मतपेटिका शिलगरिए पछि कार्यकताहरु चियापसल तथा चोक चोकमा लोक्तान्त्रीकले जित हातपार्ने कि गठबन्धनले जितहात पर्ने भन्ने बिषयमा निकै छलफलको पाटो बनेको छ ।
मँसिर १० माभएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा८१ दशमलव ४५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारि दिएको छ । यस पालिको निर्वाचनमा स्थानियतहको निवाचनभन्दा ६ प्रतिशत मात्र कम मतदाताले भोट हालेको मुख्य निवाचन अधिकृतको कार्यालय डोल्पाले जानकारि दिएको छ ।
कुल १८ हजार ९ सय ८९ मतदाता सँख्या रहेको यस जिल्लामा मँसिर १० को निर्वाचनमा महिला ७ हजार ९ सय ७१ र पूरुष ७ हजार ३ सय १५ गरि जम्मा १५ हजार ७ सय ८६ मतदाताले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी बिक्रम गिरिले जानकारि दिए । उनले भने मतदाताले स्थानियतहको बराबर यस पटक पनि उत्साह्पूर्वक मतदान गरेको बताए ।
उच्चहिमाली जिल्ला भएपनि मँसिरको जाडो मामतदाताले उत्साहपूर्वक मतदान गरेको मुख्य निवाचन अधिकृतको कार्यालयको दावि रहेको छ । माथिल्लो डोल्पामा झण्डै ३० प्रतिशत कर्मचारि नै पुर्याउन नसकेको निर्वाचन कार्यालयले स्वयम सेवक भर्ना गरि निर्वाचन सम्पन्न गराएको मुख्य निर्वाचन अधिकृत रमेश कुमार ज्ञवालीले बताए । उनले भने सहायक कर्मचारिहरु केहि माथिल्लो डोल्पाका मतदान केन्द्रमान पुगे पनि मुख्य कर्मचारिहरु पुगेर मतदान सम्पन्न गराएको बताए ।
जिल्लाका ६६ वटा मतदान केन्द्र मध्य माथिल्लो डोल्पाका केहि मत केन्द्रमा एकतफिृ मतदान भएको आरोप नेपाली काँग्रेसले लगाए पनि यता गठबन्धनले भने सबै मतदान केन्द्रमा काँग्रेसका एजेण्टले हस्ताक्षर गरेको बताएको छ ।
यता मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले डोल्पा जिल्लामा निर्वाचन स्वच्छ, निष्पक्ष,शान्त र धाँदली रहित सम्पन्न भएको जानकारि दिएको छ । त्यसका साथै जिल्ला सुरक्षा समितिले निर्धक्कपुर्वक मतदाताले मतदानगर्ने बातावरण बनाएको र शान्तपूर्वक नर्वाचन सम्पन्न भएको प्रमूख जिल्ला अधिकारि आर्चायले बताए ।