2026-08-27 12:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विराटनगरवासीको एकै स्वर: आश्वासन होइन विकास, डुबान होइन निकास

मङ्सिर १५, विराटनगर । नेपालकै पुरानो औद्योगिक नगर विराटनगरमा अठार वर्षपहिले उद्घाटन भएको रिङरोड आजसम्म पूरा भएको छैनभन्दा जोकोहीलाई अनौठो लाग्छ । 

विराटनगरलाई १ नं प्रदेशको राजधानी बनाउने सबै राजनीतिक दलको साझा एजेण्डा बन्दा पनि विकासका ठूला आयोजना अलपत्र परेकामा यहाँका बासिन्दा चिन्तित छन् । 

अठार वर्षअघि ४२ किलोमिटर लामो रिङरोडको शिलान्याश गर्नुभएका तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार दर्जनौँ पटक मन्त्री, उपप्रधानमन्त्री हुनुभयो, विभिन्न दल बने तर यतिका समयसम्म रिङरोडको ट्र्याकसम्म खोलिएन, गुनासो र रिस मिश्रित स्वर ओकल्छन् विराटनगरवासी । 

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव आउन एक हप्ताअघि मात्र विभिन्न राजनीतिक दलका उम्मेदवार भोट माग्न घरदैलो, भेला, आमसभा गरिरहँदा आश्वासन बढी र विकास कम गरेको गुनासो गर्नुहुन्छ होटल व्यवसायी सुन्दर भण्डारी । उहाँ थप्नुहुन्छ, “धुवाँ, धुलोले अस्तव्यस्त छ मूल सडक । ठूलो जिल्ला भए पनि भित्री सडकको विस्तार अझै भएको छैन । बर्खायाममा पूर्वतर्फको सिंघिया खोला र पश्चिमतर्फ केशलिया खोलाले वरिपरिका बस्ती डुबानमा पार्छ । दिगो तटबन्ध छैन । देशी–विदेशी पर्यटक आउँदा हेर्न लायक केही ठाउँ छैन, रम्ने पार्क पनि छैन ।” 

विराटनगर बजारकै मिना क्षेत्री भन्नुहुन्छ, “हामी भोट हाल्न आतुर छौँ तर हाम्रा लागि नेताहरु बाटोघाटो, ढल निकास बनाउन आतुर छैनन् । वर्षामा हामी सधैँ कति डुबानमा परिराख्ने ?” 

देशका आधा दर्जन प्रधानमन्त्री पाएको यस जिल्लाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा भने फड्को मार्न खोजेकामा उनीहरु सहमत छन् । 

स्थानीय पत्रकार विक्रम निरौलाका अनुसार १८ वर्षअघि शिलान्याश भएको रिङरोड समयमा बनेको भए विराटनगरको विकास र समृद्धि निक्कै तीव्र हुन्थ्यो । 

अर्का पत्रकार उद्धव घिमिरे थप्नुहुन्छ, “काठमाडौँमा मेलम्चीको पानी आउन लाग्यो तर यहाँ भने अझे रिङरोड पनि नबन्ने भयो ।” राजनीतिक भाषण र घोषणापत्रमा सधैँ पर्ने र वर्षैपिच्छे बजेट आउने तर कार्यान्वयन नहुने र राजनीतिक नेतृत्वले स्वार्थ साँध्ने हुँदा जुन गतिमा विकास हुनुपथ्र्यो त्यो नभएको उहाँहरूको निष्कर्ष छ । 

त्यसो त मोरङ जिल्लामा थुप्रै उच्चस्तरका राजनीतिकर्मी, नेता नभएको त कहाँ हो र ? यो जिल्लाले देशलाई थुप्रै प्रधानमन्त्री, मन्त्रीहरु बनाएको इतिहास साक्षी छ । यस पटक पनि नेपाली काँग्रेसका नेता डा शेखर कोइराला, पूर्वअर्थमन्त्री महेश आचार्य, पूर्वमन्त्री डा मीनेन्द्र रिजाल, एमालेका पूर्वमन्त्री लालबाबु पण्डित, भानुभक्त ढकाललगायतका नेताहरु चुनावी मैदानमा उत्रिएका छन् । 

छवटा निर्वाचन क्षेत्र रहेको मोरङ जिल्लामा देशकै सम्भवतः धेरै ६ लाख ४४ हजार मतदाता छन् । स्वच्छ राजनीतिक छवि, जनतामा पहुँच, विकासमा योगदान, केन्द्रमा सम्बन्ध, बौद्विक क्षमता, पार्टी संगठनमा पकड तथा कार्यकर्ताबीच लोकप्रियताका आधारमा मतदाताले आ–आफ्ना नेताको हारजितको अनुमान लगाइरहेका छन् । 

नाम उल्लेख नगर्ने शर्तमा एक सचेत मतदाता भन्नुहुन्छ, “मोरङमा यस पटक टुरिस्ट नेता पनि चुनाव लड्दैछन्—कोही बाहिरबाट आएका त कोही जिल्लाभित्रकै टुरिस्ट !” 

विराटनगरवासीले भनेजस्तै विकासका कार्यक्रमलाई तीव्रता दिन अब हुने नेता, नेतृत्व लिन तयार होलान्–नहोलान तर विराटनगरवासी भोट खसाल्न आतुर छन्, आतुर छन् निर्वाचन परिणाम सुन्न पनि । नारायणप्रसाद घिमिरे/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’