२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

प्रधानमन्त्रीलाई पहिलोपल्ट स्वागत गर्न पर्खदै डोटीका दुर्गम गाउँबासी

१५ मंसिर २०७४, शुक्रबार ०९:१३

मंसिर १५, डोटी । बोगटान र सायल क्षेत्र डोटीका दुर्गम क्षेत्र मानिन्छन् । बोगटान जिल्लाको दक्षिणी क्षेत्रमा पर्छ भने, सायल उत्तरी क्षेत्र हो । 

दुबै क्षेत्रलाई स्थानीय तहमा पुनर्संरचना गर्दा गाउँपालिकाको नाम दिईएको छ । जिल्ला सदरमूकामबाट निकै टाढा पर्ने यी क्षेत्रहरुमा अहिलेसम्म राष्ट्रको कार्यकारी प्रमूख उपस्थित भएका छैनन् । 

तर, आज दुबै गाउँपालिकामा प्रधामन्त्रीको हैषियतले पुग्ने पहिलो ब्यक्ती नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा बन्दैछन् । प्रधानमन्त्री देउवाले आज बोगटान गाउँपालिका–७ चवराचौतारामा र सायल गाउँपालिकामा नेपाली कांग्रेस डोटीले आयोजना गरिरहेको बृहत चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही कार्यक्रमका लागि प्रधानमन्त्री देउवा यी दुई दुर्गम क्षेत्रमा पुग्न लागेका हुन् । 


दुबै ठाउँमा प्रधानमन्त्री देउवा हेलिकप्टर मार्फत पुग्ने कार्यक्रम छ । पहिलोपलट आफ्नो क्षेत्रमा राज्यको कार्यकारी प्रमूख आउने भएकाले दुबै क्षेत्रमा उत्साह छ । हज्जारौको संख्यामा स्थानीयबासी जम्मा भएर स्वागतार्थ उपस्थित छ । 

अहिले देउवा अछाममा आयोजित कार्यक्रममा सहभागि भैरहेका छन् । केही बेरमा प्रधानमन्त्रीको बोगटान पुग्ने कार्यक्रम छ । भने बोगटान सहिएलगत्तै आजै प्रधानमन्त्री सायलमा पुगेर सम्बोधन गरी फर्कनेछन् । 

प्रधानमन्त्रीको आगमनका लागि दुबै क्षेत्रमा सुरक्षा ब्यबस्था निकै कडा पारिएको छ । दुबै क्षेत्रमा चारवटै सुरक्षा अंग चुस्त रुपमा परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट