२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

वामका उम्मेदवारका प्रतिबद्धता-‘हामीलाई भोट दिनुहोस तपाईलाई पश्चताप हुनदिने छैनौँ’

२०७४, १५ मंसिर शुक्रबार १२:५२

मङ्सिर १५, कञ्चनपुर ।  निर्वाचनको मिति नजिकिदै जाँदा वाम गठबन्धनका उम्मेदवारले चुनावी अभियान तिव्रत्तर रुपमा बस्ती, टोल तथा घरदैलो गरिरहेका छन् । 

शुक्रबार पनि वामका उम्मेदवार तथा नेता कार्यकर्ताले कञ्चनपुरका ३ वटै प्रतिनिधी सभा र ६ वटै प्रदेशका विभिन्न बस्तीहरुमा कार्यक्रम गरेका छन् । निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार त्रय बिना मगर, तारालामा तामाङ्ग र कुलबिर चौधरीले पुर्नवास, बेलौरी क्षेत्रमा कोण सभा घरदैलो गरेका छन् । 


पुर्नवासका विभिन्न वडाहरुमा घरदैलो गर्दै वामका उम्मेदवार बिना मगर र तारालामा तामाङ्गले यस क्षेत्रको दिगो विकास र सम्बृद्धिका लागि वाम उम्मेदवारलाई भोट दिन आग्रह गरेका छन् । नेकपा माओवादी केन्द्रका नेता कञ्चन गिरीले पुर्नवासमा विभिन्न चरणमा वामका उम्मेदवारले चुनावी कार्यक्रम दोहो¥याई गरिसकेको बताए । उनका अनुसार पुर्नवास र लालझाँडीका पुरै वडाका कार्यक्रम सकिएको छ । 

पुनः अर्को चरणमा कार्यक्रम गरिने छ । यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा वामका उम्मेदवारले कृष्णपुर, शुक्लाफाँटा र बेदकोटका विभिन्न वडाहरुका चुनावी कार्यक्रम गरेका छन् । 

एमाले नेता गणेश सिह ऐरीले २ वामका उम्मेदवार त्रय नर बहादुर धामी, महेश दत्त जोशी र लाल बहादुर खडकाले उक्त क्षेत्रमा चुनावी कार्यक्रम गरेका छन् । यस्तै वाम निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार त्रय डा. दिपक प्रकास भट्ट, मान बहादुर सुनार र प्रकास रावलले बेदकोट, भीमदत्त र महाकाली नगरपालिका क्षेत्रका विभिन्न वडाहरुमा कार्यक्रम गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी