मंसिर १५ पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पर्वतमा प्रतिनिधी सभाको उम्मेदवार अर्जुनप्रसाद जोशीले काँग्रेसले कोखदेखि शोक सम्म सामाजिक सुरक्षाको ग्यारेण्टी गर्ने वताउनुभएको छ । पर्वतको देउपुरमा आज आयोजित चुनावी प्रचार "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १५ पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पर्वतमा प्रतिनिधी सभाको उम्मेदवार अर्जुनप्रसाद जोशीले काँग्रेसले कोखदेखि शोक सम्म सामाजिक सुरक्षाको ग्यारेण्टी गर्ने वताउनुभएको छ । पर्वतको देउपुरमा आज आयोजित चुनावी प्रचार "/>
२०८३, २० जेष्ठ बुधबार
पर्बत - PBT

अब कोख देखि शोकसम्म काँग्रेसले भत्ता दिन्छ- अर्जुन जोशी (भिडियो सहित)

२०७४, १५ मंसिर शुक्रबार १४:०५

मंसिर १५ पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पर्वतमा प्रतिनिधी सभाको उम्मेदवार अर्जुनप्रसाद जोशीले काँग्रेसले कोखदेखि शोक सम्म सामाजिक सुरक्षाको ग्यारेण्टी गर्ने वताउनुभएको छ । पर्वतको देउपुरमा आज आयोजित चुनावी प्रचार एवं कोणसभामा स्थानीयवासीहरुलाई सम्बोधन गर्दै जोशीले वृद्ध भत्ता ५ हजार वनाउने, सुत्केरी भत्ता देखि किरिया खर्च वापतको भत्ता पनि काँग्रेसको सरकारले दिने जोशीले वताउनुभएको छ । एकपटक काँग्रेसको घोषणापत्र अध्ययन गर्न उहाँले मतदातालाई आव्हान पनि गर्नुभयो ।

उहाँले काँग्रेसको प्रतिस्पर्धा कुनै दल संग नभएर जनताको घरमा रहेको गरिवी संग रहेको चर्चा गर्नुभयो । जनतालाई धनी वनाउने वारेमा मात्र काँग्रेसको ध्यान रहेको उहाँको भनाई छ । उहाँले पर्वत जिल्लामा आफुले शुरु गरेका विकासका कार्यहरु पुरा गर्ने र पर्वतलाई समृद्ध जिल्ला वनाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।


आफु जित्दा जनताले जित्ने तर विपक्षीले जित्दा जनता हार्ने उहाँले वताउनुभएको छ । व्याक्तिगत स्वार्थलाई महत्व नदिएर आफ्ना वुवा अमृतप्रसाद जोशीले गरेको सामाजिक सहयोगको आफुले संधै अनुकरण गरिरहेको वताउँदै नेता जोशीले मतदाताहरुलाई कुनै द्धिविधा नराखी रुखमा मतदान गर्न आग्रह गर्नुभयो ।


प्रदेशसभा क का उम्मेदवार नवराज गुरुङले जिल्लाको समग्र विकास, जनताको आर्थिक समृद्धि, देशको राजनीतिक संकट समाधान र परिवर्तनलाई संस्थागत गर्न रुखमा मतदान गर्नुपर्ने वताउनुभयो । गुरुङले आफ्नो उदेश्य भनेको जिल्लावासीहरुको सेवा गर्ने रहेको वताउँदै यसपालीको चुनावमा विजयी गराएर जनताको सेवक वन्ने मौका दिन देउपुरवासीहरुलाई अनुरोध गर्नुभयो ।


देशले शान्तिको सास फेर्न नपाउने अवस्था नआओस र देशले अव निकास पाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको औल्यानुभएको छ । 


कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारी, नेपाल तरुणदलका केन्द्रिय कोषाध्यक्ष विद्धान गुरुङ,पूर्व महासमिति सदस्य वलभद्र शर्मा, जिल्ला कार्यसमिति सदस्य रामचन्द्र तिमिल्सीना राप्रपा देउपुरका अध्यक्ष चन्द्रवहादुर हमाल लगायतले बोल्दै लोकतन्त्र जोगाउन लोकतान्त्रिक गठवन्धनलाई विजयी गराउन मतदाताहरुलाई आग्रह गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश