पर्वत । नेकपा माओवादी केन्द्रका केन्द्रिय अायाेजक कमिटि सदस्य तथा कुश्मा नगरपालिकाका इन्चार्ज युवा नेता शंकर गिरीले पर्वतमा बामगठबन्धनको जीत सुनुश्चित भएको बताएका छन् । उनले पर्वतमा बामगठबन्धनले तीन सिटमा तीनै सिट विजयी हासिल गर्ने बताए ।
विगतको जस्तो अबस्था जिल्लामा अब नरहेको बताउँदै गिरीले बामगठबन्धनलाई कुनै पनि शक्तिले नजित्ने दाबी गरेका छन् ।
शुक्रबार एक रेडियोसँग अन्तरबार्तामा उनले जिल्लामा अब कुनै पनि शक्तिहरुले आफ्नो बलबुतामा चुनाव जित्ने सपना बनाएको भए त्यो समाप्त हुने बताएका छन् ।
कसैले पनि शक्ति र पैसाको भरमा चुनाव जित्छु भन्ने सपना देखेको छ भने अब त्यो सपना साकार नहुने भन्दै गिरीले एक बुथ १ सय युथ परिचालन गर्ने बामगठबन्धनको तयारी भएको बताए । ०६४ र ०७० सालमा जस्तो बुथ कब्जा गरेर अब चुनाव जित्नेहरुको दिन गरेको भन्दै गिरीले कोहि बुथ कब्जा गर्न वा सोझो जनतालाई पैसा दिएर फकाउने आएको फेला पारे अन द स्पोर्ट कारवाही गर्ने समेत चेतावनी दिए ।
जिल्लाको विकास र समृद्धिको लागि बामगठबन्धनको जीत आवश्यक र सुनुश्चित रहेको उनले बताएका छन् ।
भिडियो हेर्नुहोस्