२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कहाँ, के गर्दैछन् खोटाङका प्रतिनिधि र प्रदेशसभाका उम्मेद्वार ?

१६ मंसिर २०७४, शनिबार १३:२३

चिसाङ शेर्पा/मंसिर १६, खोटाङ । जिल्लामा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सकिएको हप्तादिनको पेरीफेरीमा खोटाङका उम्मेद्वारहरु आफ्ना मतदातालाई फेसबुक तथा विभिन्न सञ्चार माध्यमबाट धन्यवाद दिदै दोश्रो चरण चुनावमा खट्न अन्य जिल्ला पुगेका छन् । 

खोटाङका अधिकांश शिर्षष्थ नेताहरु आफ्नो पार्टी जिताउन जिल्ला दौडाहामा निक्लिएका हुन् । नेकपा एमाले खोटाङका निवर्तमान सभासद तथा बाम गठबन्धनका प्रतिनिधिसभा उम्मेद्वार बिशाल भट्टराई पार्टी जिताउन उदयपुर पुगेका छन् । मंसिर १४ गते उदयपुर पुगेका भट्टराई  त्यहाँका राजनीतिक दलसँग भोट माग्दै चुनावीसभामा व्यास्त छन् । उनी २० गते जिल्ला फर्कने छन् ।

नेपाली कांग्रेसका नेतृ तथा निवर्तमान सभासद तथा लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा उम्मेद्वार सरस्वती वजिमय कही कतै चुनावीसभा तथा अन्य जिल्ला गएका छैनन् । घाँटीमा ईन्फेक्सन र एलर्जीका शिकार भएकी वजिमय राजधानीमा उपचार गराईरहेकी छन । सफल उपचार गरेर बुधवार जिल्ला फर्कने बताउनुभयो । 


नयाँ शक्ति पार्टी खोटाङका प्रतिनिधिसभाका उम्मेद्वार मदन राइ चुनाबताका देखी निमोनियाले ग्रसित भएपछि हालसम्म काठमाण्डौमा उपचार गराईरहेका छन् । खोटाङको हकमा पे्रmस तथा पाको नेताका रुपमा परिचित कृषिविज्ञ राई मंसिर २१÷२२ मा एकदिन खोटाङ आउने बताउनुभयो ।

संघिय समाजवादी फोरम नेपालका प्रतिनिधिसभा उम्मेद्वार डाः कृष्ण कुमार राई जिल्लामा चुनाव सकेको २ दिनपछि पार्टीलाई सघाउँन सुनसरीस्थित धरान पुगेका थिए । पार्टीलाई चारदिन सघाएर शनिवार काठमाण्डौ फर्केका राई चाँडै जिल्ला फर्कने बताए ।   

चुनावीसभालाई सघाउनका लागि नेपाली कांग्रेसका नेता, प्रदेशसभा (क) का उम्मेद्वार सुवास कुमार श्रेष्ठ मोरङ, प्रदेशसभा (ख) का उम्मेद्वार बिष्णुकुमार राई उदयपुरमा रहेका छन् । १९ गते जिल्ला फर्कने योजना रहेको उनीहरुले बताएका छन् । 

माओवादीका नेता तथा बाम गठबन्धन प्रदेशसभा (ख) का उम्मेद्वार राम कुमार राई (पासाङ) उदयपुर, एमालेका नेता तथा प्रदेशसभा (क) का उम्मेद्वार राजन राई ईलाममा सकेर मोरङमा छन् । आगामी मंगलवार जिल्ला फर्कदैछन् ।    

संघिय समाजवादी फोरम नेपालका प्रदेशसभा (क) का उम्मेद्वार नबिन राई ४ दिनदेखी धरानमा रहेका छन् । आफ्नो पार्टीलाई सघाउन त्यहाँ पुगेका राई २१ गते जिल्ला आउने बताए । प्रदेशसभा (ख) का उम्मेद्वार टंक थापा जिल्लामा नै रहेका छन् ।  

गत मंसिर १० गते ३२ जिल्ला र आगामी मंसिर २१ गते ४५ जिल्लामा प्रतिनिधि र प्रदेशसभाको चुनाव संकिएपछि नेपालभर एकसाथ भोट गणना हुनेछ । पार्टीका उम्मेद्वार, कार्यकर्ता, सरोकारवाला चुनाव कसले जित्ने भनेर ब्यग्र प्रतिक्षामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल