पर्वत/प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पर्वतमा दलहरुले अन्य दलका कार्यकर्ता प्रबेश गराउने होडबाजी नै चलेको छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत/प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पर्वतमा दलहरुले अन्य दलका कार्यकर्ता प्रबेश गराउने होडबाजी नै चलेको छ ।
२०८३, २० जेष्ठ बुधबार
पर्बत - PBT

पर्वतमा काँग्रेसको गण रित्तिदै गएपछि बामगठबन्धनको जित सुनुश्चित काँग्रेसलाई ठूलै धक्का

२०७४, १७ मंसिर आईतवार ०६:०३

पर्वत/प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पर्वतमा दलहरुले अन्य दलका कार्यकर्ता प्रबेश गराउने होडबाजी नै चलेको छ ।
चुनाबमा आफ्नो पक्षमा जनमत सृजना गराउन कार्यकर्ता प्रबेश गराउने क्रममा बाम गठबन्धन सबैभन्दा अगाडी देखिएको छ । एमालेले शनिबार एकै दिनमा कुस्मा नगरपालिका र मोदीगाउँपालिकामा गरि नेपाली कांग्रेसका तीन सय नेता कार्यकर्ता पार्टीमा प्रबेश गराएको छ ।
संयुक्त बाम गठबन्धनले कुस्मा नगरपालिका वडा नं १४ मा आयोजना गरेको चुनाबी कोणसभामा नेपाली कांग्रेसका गाउँ कार्यसमिति सदस्य गोपाल रिमाल सहित ६० जना कार्यकर्ता एमालेमा प्रबेश गरेका छन ।

रिमाल सहित नेपाली कांग्रेसको भातृसंगठन तरुण दलका स्थानिय युवाहरुलाई एमाले केन्द्रिय सदस्य तथा प्रदेशसभाका समानुपातिक उमेदवार बिजय गुरुङ्ग, माओबादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रदेशसभाका उमेदवार नेत्र अधिकारी, एमाले जिल्ला अध्यक्ष तथा प्रतिनिधीसभाका उमेदवार पदम गिरी लगायतले माला र टिका लगाएर पार्टी प्रबेश गराएका थिए । युवाहरुलाई एमाले प्रबेश गरेपछि आर्थर डाडाँखर्कमा नेपाली कांग्रेस धेरै कम्जोर भएको र बामगठबन्धनको पक्षमा माहौल सृजना भएको युवा संघ पर्वतका सदस्य सुनिल बानियाँले बताए ।

यसैगरी कुस्मा नगरपालिका वडा नं १२ ठुलीपोखरीमा १ सय ५० जना भन्दा बढी नेपाली कांग्रेसका नेता कार्यकर्ता पनि एमालेमा प्रबेश गरेका छन । पुर्व वडा अध्यक्ष देबीप्रसाद सापकोटा, देउनारायण सापकोटा, इश्वर बहादुर बिक, खाडे कामी लगायतका नेपाली कांग्रेसका नेता कार्यकर्ता प्रबेश गरेका छन । बाम गठबन्धनका उमेदवारहरुलाई डेढ घण्टा सम्म प्रबेश गर्नेहरुलाई टिका लगाउन समय लागेको थियो । हिजो पनि बामपन्थीको आधार इलाका रहेको ठुलीपोखरीमा नेपाली कांग्रेस असाध्यै कम्जोर बनेको एमाले गाउँ कमिटीका सचिब भरत सापकोटाले बताए । कुस्मा नगरपालिका वडा नं १३ खौला लाँकुरीमा पनि १३ जना भन्दा बढी युवाहरु एमालेमा प्रबेश गरेका थिए ।

भूकमा रित्तिदै कांग्रेस, राती १० बजे सम्म टिका लगाउँदै पदम गिरी
पर्वतको मोदीगाउँपालिका वडा नं १ भूक देउराली र झिलीबराङ्गबाट डेढ सय भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रबेश गरेपछि नेपाली कांग्र्रेसलाई ठुलो झड्का लागेको छ ।

नेपाली कांग्रेसले स्थानिय तहको चुनाबमा वडाका सबै पद जितेको नेपाली कांग्रेसका डेढ सय भन्दा बढी कार्यकर्ता पार्टी प्रति असन्तुष्ट हुँदै एमालेमा प्रबेश गरेका छन । प्रबेश गर्नेहरुमा मुक्त गुरुङ्ग, स्थानिय युवा क्लबका अध्यक्ष र सदस्यहरु तथा नेपाली कांग्रेसका बिभिन्न तहमा रहेका कार्यकर्ताहरु रहेका छन । शुक्रबार साँझ शुरु भएको कार्यक्रममा राती १० बजे सम्म एमालेमा प्रबेश गर्नेहरुलाई प्रतिनिधीसभाका उमेदवार पदम गिरीले टिका लगाएका थिए । भूकदेउराली गाउँ कांग्रेसको गढको रुपमा मानिन्थ्यो तर अब एमालेको किल्ला बनेको एमालेका केन्द्रिय उपभोक्ता हित संरक्षण बिभागका सदस्य लक्ष्मण गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश