२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

काँग्रेसलाई मुर्छा पार्ने गरी बामगठबन्धनको जीत भन्दै निर्वाचन अघिनै विजयी जुलुस !

१७ मंसिर २०७४, आईतवार ०६:५०

पर्वत/बाम गठवन्धनको उर्वर भूमि कुश्मा नगरपालिका १२ ठुलीपोखरी पुगेर एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभाका उम्मेदवार पदम गिरीले सात बुदे प्रतिवद्धता व्यक्त गरेका छन् । शनिवार ठुलीपोखरीमा आयोजित विशाल आमसभालाई सम्वोधन गर्दै गिरीले ऐतिहासिक पृष्ठभूमि बोकको ठुलीपोखरीको समग्र विकासका लागि सात बँुदे प्रतिवद्धता व्यक्त गरेका हुन् ।

हजारौका स्थानियका उपस्थितिमा गिरीले सिल्मि, ठूलीपोखरी, कार्किनेता सडक दुई वर्ष भित्रै कालोपत्रे गर्ने, साईकलचोक, बुमि ठुलीपोखरी सडकलाई पाँच वर्षभित्र कालोपत्रे गर्ने, प्रसिद्ध धार्मिक स्थल बाटुलेचौरलाई संरक्षण एवम् पर्यटकीय केन्द्र बनाउने, ठुलीपोखरीलाई संरक्षण गरी बाह्रैमास पानी रहने शुन्दर तालको रुपमा विकास गर्ने र घर घरमा खानेपानी तथा सिंचाईको क्षेत्रमा काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।

गिरीले ठुलीपोखरी जस्तै जिल्लैभर बामपन्थीमा आकर्षण बढेको बताउँदै बामपन्थी उम्मेदवारको जीत सुनिश्चित भएकाले ढुक्क भरु मतदान गर्न आग्रह गर्नुभयो । उहाँले आफु सांसद भएर गएपछिनै ठुलीपोखरी र आसपासका बासिन्दाले अनुभूति गर्नेगरी काम गर्ने बताउनुभयो ।
सो अवसरमा प्रदेश सभा सदस्यका उम्मेदवार नेत्र अधिकारीले वाम गठबन्धनसँग यो जिल्लाको विकासको खाका तयारी अवस्थामा रहेको बताउँदै नागरिकलाई प्रत्यक्ष फाईदा हुनेगरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले २१ गतेको निर्वाचनमा ढुक्क भएर सुर्य चिन्ह र हसिया हथौडामा मतदान गरी आफुहरुलाई बिजयी बनाउन अपिल गर्नुभयो ।
कार्यक्रममा माओवादि केन्द्रिय सदस्य केशव कुँवर सिर्जनशिल, ढाकाराम गौतम, एमालेका नेता रुद्र केसी, भिमनाथ कुँवर, चुडामणी पौडेल लगायतले बोल्नुभएको थियो ।

सो अवसरमा नेपाली काँग्रेस परित्याग गरी झण्डै ६० जना एमालेमा प्रवेश गरेका थिए । मुलुकको भविष्य निर्माण गर्ने, बृद्धबृद्धाको संरक्षण गर्ने गरिब र असहायको पार्टी एमालेनै भएको भन्दै उनिहरु एमालेमा प्रवेश गरेका थिए ।
सो अवसरमा आयोजकद्धारा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेशसभा सदस्यका उम्मेदवार नेत्र अधिकारीलाई दश किलोको माला लगाएर सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली