२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानाध्यापकनै बम पड्काउँने काममा संलग्न भएपछी…

२०७४, १७ मंसिर आईतवार १०:३७

चिसाङ शेर्पा | मंसीर १७, खोटाङ | गत मंसीर १० गते पहिलो चरणमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई लक्षित गरि विभिन्न ठाँउमा बम पड्काउँने देखि घरजग्गा कब्जा गर्नेसम्म कार्य गरेको आरोपमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वका लामीडाँडा गाउँपालिका खार्पाका शेखर पोखरेल  पक्राउ परेका छन् । 

पोखरेललाई प्रहरी चौकी लामीडाँडाले घरबाटै सनिवार साँझ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले जानकारी दिए । उनका अनुसार, ‘प्रहरीको अनुसन्धानको क्रममा चुनाव विथोल्ने प्रयास गरेको स्थानीयको जानकारीका आधारमा उनलाई पक्राउ गरिएको हो, पोखरेललको विषयमा थप अनुसन्धान भईरहेको छ ।’ 

चुनावका समयमा विभिन्न गतिविधि गरेर चुनाव बिथोल्न खोजेको आरोपमा पोखरेल पक्राउ परेसंगै विप्लव समूहका अन्य व्यक्ति पनि धामधम पक्राउ पर्ने डिएसपी थापाको भनाई छ  । 

पक्राउ परेका पोखरेल रत्नराज्य लक्ष्मी आधारभुत विद्यालय लामीडाँडा गाउँपालिका १ कुभिन्डेका प्रधानाध्यापक हुन् । पोखरेल विप्लव नेतृत्वको शिक्षक संगठन अखिल नेपाल शिक्षक संगठनमा आवद्ध रहेको जनाईएको छ  । 

चुनावका समयमा विप्लव नेतृत्वले कांग्रेका प्रदेश (क) का प्रत्यक्ष उम्मेदवार शुवासकुमार पोखरेल, बाम गठबन्धनबाट प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार विशाल भटटराई तथा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईको घरमा विज्ञाप्ती टाँसेर घर जग्गा कव्जा गरेको थियो भने रुपाकोट मझुवागढी नगरपालिकास्थित दोर्पा चिउरीडाँडामा वम विस्फोट गराएको थियो । 

लामिडाँडा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सविन श्रेष्ठले पोखरेल सवै दिन विद्यालयमा हाँजिर हुने गरेको बताए । उनले भने, ‘म आफैं विव्यास अध्यक्ष छु, विप्लव नेतृत्वमा उनि संलग्न छैनन्  ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो