पर्वत/प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पर्वतमा दलहरुले अन्य दलका कार्यकर्ता प्रबेश गराउने होडबाजी नै चलेको छ ।

चुनाबमा आफ्नो पक्षमा जनमत सृजना गराउन कार्यकर्ता प्रबेश गराउने क्रममा बाम गठबन्धन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत/प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पर्वतमा दलहरुले अन्य दलका कार्यकर्ता प्रबेश गराउने होडबाजी नै चलेको छ ।

चुनाबमा आफ्नो पक्षमा जनमत सृजना गराउन कार्यकर्ता प्रबेश गराउने क्रममा बाम गठबन्धन"/>

2026-09-19 11:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चुनावको मुखैमा पर्वत काँग्रेसलाई पर्यो यो कस्तो आपत…

पर्वत/प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पर्वतमा दलहरुले अन्य दलका कार्यकर्ता प्रबेश गराउने होडबाजी नै चलेको छ ।

चुनाबमा आफ्नो पक्षमा जनमत सृजना गराउन कार्यकर्ता प्रबेश गराउने क्रममा बाम गठबन्धन सबैभन्दा अगाडी देखिएको छ । एमालेले शनिबार एकै दिनमा कुस्मा नगरपालिका र मोदीगाउँपालिकामा गरि नेपाली कांग्रेसका तीन सय नेता कार्यकर्ता पार्टीमा प्रबेश गराएको छ ।

संयुक्त बाम गठबन्धनले कुस्मा नगरपालिका वडा नं १४ मा आयोजना गरेको चुनाबी कोणसभामा नेपाली कांग्रेसका गाउँ कार्यसमिति सदस्य गोपाल रिमाल सहित ६० जना कार्यकर्ता एमालेमा प्रबेश गरेका छन । रिमाल सहित नेपाली कांग्रेसको भातृसंगठन तरुण दलका स्थानिय युवाहरुलाई एमाले केन्द्रिय सदस्य तथा प्रदेशसभाका समानुपातिक उमेदवार बिजय गुरुङ्ग, माओबादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रदेशसभाका उमेदवार नेत्र अधिकारी, एमाले जिल्ला अध्यक्ष तथा प्रतिनिधीसभाका उमेदवार पदम गिरी लगायतले माला र टिका लगाएर पार्टी प्रबेश गराएका थिए । युवाहरुलाई एमाले प्रबेश गरेपछि आर्थर डाडाँखर्कमा नेपाली कांग्रेस धेरै कम्जोर भएको र बामगठबन्धनको पक्षमा माहौल सृजना भएको युवा संघ पर्वतका सदस्य सुनिल बानियाँले बताए ।

यसैगरी कुस्मा नगरपालिका वडा नं १२ ठुलीपोखरीमा १ सय ५० जना भन्दा बढी नेपाली कांग्रेसका नेता कार्यकर्ता पनि एमालेमा प्रबेश गरेका छन । पुर्व वडा अध्यक्ष देबीप्रसाद सापकोटा, देउनारायण सापकोटा, इश्वर बहादुर बिक, खाडे कामी लगायतका नेपाली कांग्रेसका नेता कार्यकर्ता प्रबेश गरेका छन । बाम गठबन्धनका उमेदवारहरुलाई डेढ घण्टा सम्म प्रबेश गर्नेहरुलाई टिका लगाउन समय लागेको थियो । हिजो पनि बामपन्थीको आधार इलाका रहेको ठुलीपोखरीमा नेपाली कांग्रेस असाध्यै कम्जोर बनेको एमाले गाउँ कमिटीका सचिब भरत सापकोटाले बताए । कुस्मा नगरपालिका वडा नं १३ खौला लाँकुरीमा पनि १३ जना भन्दा बढी युवाहरु एमालेमा प्रबेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह