Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस उम्मेदवार पौडेलद्वारा ड्रोनबाटै चुनाव प्रचार, स्थानीय बासिन्दा आश्चर्य चकित

२०७४, १८ मंसिर सोमबार ०५:४०

मङ्सिर १८, दमौली (रासस) | नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं १ का प्रदेश सभा १ का उम्मेदवार प्रदीप पौडेलले ड्रोनको प्रयोग गरी चुनावी प्रचारमा जुटेका छन् । 

तनहुँको सिसाघाटमा आइतबार आयोजित चुनावी कोण सभामा ड्रोनको प्रयोग गरी काँग्रेसको प्रचार गरिएको थियो । सो चुनावी सभामा ड्रोनबाट पुष्पवृष्टि गरिएको हो । काँग्रेसले चुनावमा मतदातालाई आकर्षण गर्न पनि नयाँ नयाँ प्रविधिद्वारा प्रयोग गरेको उहाँले बताउनुभयो । ड्रोनमा पोस्टर, पम्प्लेट र ब्यानर राखेर रिमोट कन्ट्रोलको सहायताले मानिस जान नसक्ने ठाउँमा सजिलैसँग पुर्याएर प्रचारप्रसार गर्ने गरिएको छ । फ्रेममा राखी पोस्टर, पम्प्लेट फ्लाइड कन्ट्रोल र रिसिभर एण्ड ट्रान्समिटरको प्रयोग गरी ड्रोनलाई जमिनदेखि २०० फिट माथि उडाएर प्रचार प्रसार गरिँदै आएको छ । 

सिनर्जी अटो मेसन एण्ड इन्स्टुमेनटेशन कम्पनीमा आबद्ध शैलेश सुवेदी, प्रमोदसिंह मन्याल, निरज खड्का, कुन्दन खड्का, इमेश सापकोटा र नवीन पौडेलले दुई हप्ता लगाएर ड्रोनको आविष्कार गरेका छन् । रु एक लाखभन्दा बढी खर्च गरी ड्रोन निर्माण गरिएको कम्पनीका शैलेश सुवेदीले बताउनुभयो ।

ड्रोनको प्रयोग गरी नयाँ शैलीको चुनावी प्रचार देखिएपछि व्यास नपा–६ सिसाघाटका देवराज ढुंगाना दंग परे । आकाशमा उडेर ड्रोनले काँग्रेसको झण्डा फहराई प्रचार गरेको देख्दा लोकराम छिमाल पनि हेरेको हेरै भए । आफूहरुको पालामा चुनाव हुँदा लेप्चे लगाएका आधुनिकतासँगै चुनावी प्रचारको तरिका फेरिएपछि स्थानीय बासिन्द आश्चर्य चकित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश