2026-07-24 11:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंको चपलीमा बम विस्फोट, गगन थापासहित ११ घाइते

मङ्सिर १८, काठमाडौं । काठमाडौंको चपलीहाइटमा बम विस्फोट हुँदा कांग्रेस नेता तथा क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापासहित ११ जना घाइते भएका छन् ।

घटनामा उम्मेदवार थापासहित ११ जना घाइते भएका हुन् । बुढानिलकण्ठ नगरपालिका-२ चपलीको माटो कोलनीमा घरदैलो अभियान चलाइरहेका बेला बम आक्रमण भएको हो ।

थापासहित सबै ११ जनालाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा उपचार भइरहेको छ । उम्मेदवार थापालाई बमको छर्राले लागेको छ । उनको ढाडमा चोट लागेको छ । अन्य पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइते हुनेहरुमा जयराज लामिछाने, राजकाजी श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, रिना बरुवाल, श्यामकृष्ण श्रेष्ठ, सुमन खड्का, गगन थापा, रवीन्द्र कार्की, कविलाल श्रेष्ठ, पर्शुराम थापा एवं ध्रुव खड्का रहेका छन् । 

घाइतेमध्ये राजकाजी श्रेष्ठ र श्यामकृष्ण श्रेष्ठको अवस्था गम्भीर छ । बमको छर्रा शरीरमा लागेका कारण उनीहरुको अप्रेसन गर्ने तयारी भइरहेको छ । विस्फोट कसले गरायो भन्ने खुलेको छैन भने प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक