१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवा चार पटक प्रधानमन्त्री बनेपनि आफ्नै गाउँ जाने सडक कालोपत्रे भएन

१८ मंसिर २०७४, सोमबार १०:२७

ललित बोहरा/मङ्सिर १८, डडेल्धुरा । डडेल्धुराबाट चार पटक प्रधानमन्त्री भइसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको भातकाँडा–गन्यापधुरा जाने सडक बर्षौ बित्दा पनि कालोपत्र हुन सकेको छैन ।

देशभर चुनावी बहसमा होमिएका बेला देशकै ध्यान यतिबेला प्रधानमन्त्रीको गृह जिल्लामा छ । तर चार पटक प्रधानमन्त्री भइसकेका देउवाको गाँउ जाने बाटोको अवस्था भने दयनीय रहेको छ । उहाँको चुनाबी एजेण्डामा त यो सडक सबै जसो निर्वाचनमा समाबेश थियो ।

२०५४ सालमा काटिएको सडक अहिले पनि भीमदत्त राजमार्ग अन्तर्गत पर्ने भातकाँडाबाट गाँउसम्मको पूरै सडक कच्ची छ । सडक कच्ची र भत्सिकेकाले नजिकैको बस्तीसमेत धुलाम्य हुने गरेको छ । झन वर्षातको मौसममा गाडी चालकलाई सास्ती हुने गरेको छ ।

‘चुनावका बेला मात्र देउवा आउँछन्’, गन्यापधुरा गाउँपालिका–१ निवासी इश्वरीप्रसाद अवस्थी भन्छन्, ‘उनले पिच गर्छु भनेर बचन पनि दिए तर अहिलेसम्म सडक जस्ताको तस्तै छ ।’

२०६४ सालको संविधान सभाको निर्वाचनमा पनि देउवाले यही सडक कालोपत्रे गर्ने चुनावी नारा बनाएर भोट मागेका थिए । तर विजयी भएपछि उनले यो सडकलाई फर्केर नरहेको स्थानीय बताउँछन् ।

‘चार–चार चोटी प्रधानमन्त्री भइसक्दा पनि देउवाको गाँउ जाने बाटोको अवस्था झन कन्तबिजोग छ’, गन्यापधुरा गाँउपालिका–१ निवासी सिताराम जोशीले भने ।

आफ्नो वाचा पुरा नगरेकाले स्थानीयबासी देउवाको विकल्प खोज्न थालेका छन् । ‘भोट हाल्नकै लागि प्रधानमन्त्री पनि यही सडक हुँदै मतदान केन्द्र जानुहुन्छ’, गणेशपुर गन्यापधुरा गाँउपालिका–२ निवासी दिल देउवाले भने ।

देउवा प्रधानमन्त्री हुँदै या सडक पिच हुने हल्ला धेरै सुनिए पनि अब भने गाउँलेले त्यो कुराको विश्वास नै गर्न छाडेका छन् । विजयी भएलगत्तै सडक कालोपत्रे गर्छु भन्दै २०७० सालको निर्वाचनमा मत मागेका प्रधानमन्त्री देउवाले आफूहरूलाई ढाँटेको त्यहाँका बासिन्दाहरूको गुनासो छ । 

पिच नभएको सडककै कारण देउवाले आफ्नै गाँउबाट लोकप्रियता गुमाएका छन् । यसले उनलाई प्राप्त हुने भोट अन्त जाने जोखिम पनि बढेको छ । उहाँ अहिले डडेल्धुरामा चुनाबी आमसभा गर्छन । अनी बसबस्न धनगढी जान छन् । यसले पनी उहाँले चुनाब जितन निकै समस्या हुने दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु