महेन्द्र केसी÷ मंसिर १९ पर्वत । आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पर्वतमा मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो बढिरहेका बेला मतदाता शिक्षा सम्बन्धि ‘महादान’ सडक नाटक प्रस्तुत गरिएको छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी÷ मंसिर १९ पर्वत । आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पर्वतमा मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो बढिरहेका बेला मतदाता शिक्षा सम्बन्धि ‘महादान’ सडक नाटक प्रस्तुत गरिएको छ ।
२०८२, २६ चैत्र बिहीबार
पर्बत - PBT

मतदाता शिक्षा दिन ‘महादान’ सडक नाटक-भिडियो सहित

२०७४, १९ मंसिर मंगलवार ०८:२८

महेन्द्र केसी÷ मंसिर १९ पर्वत । आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पर्वतमा मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो बढिरहेका बेला मतदाता शिक्षा सम्बन्धि ‘महादान’ सडक नाटक प्रस्तुत गरिएको छ ।
सदरमुकाम कुश्मा बजारमा निर्वाचन आयोगको सहयोगमा सीड नेपालले नाटक देखाएको हो । नाटक हेर्न स्थानीयको घुइँचो लागेको थियो । सीड नेपालले जिल्लाका विभिन्न भागमा सडक नाटकको माध्यामबाट मतदाता शिक्षा प्रदान गर्ने भएको छ ।

तीन ओटा मतपत्रमा मत हाल्नु पर्ने र त्यसमध्ये दुई समानुपातिक र दुई प्रत्यक्ष गरी चार ठाउँमा मत हाल्नुपर्ने भएकोले धेरै मत बदर हुने सम्भावना देखिएपछि सडक नाटकको माध्यमद्वारा मतदाता शिक्षा प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालय पर्वत जनाएको छ ।
मतदाता शिक्षा प्रभावकारी नहुँदा अहिले पनि ग्रामिण भेगका पुरुष र महिलाहरु भोट कसरी हाल्ने? कति ठाँउमा हाल्ने? कसरी पट्याउने भन्नेबारे अनभिज्ञ छन्। आसन्न निर्वाचनमा समानुपातिक दुई, प्रदेश र प्रतिनिधि सभा गरी तीन मतपत्रमा चार ठाउँमा मतदान गर्नु पर्ने भएकोले पनि धेरै मतदाता अन्यौलमा पर्ने देखिएको छ । पर्वतका ग्रामिण भेगका महिला, पुरुषहरुलाई मतदाता शिक्षाबारे अझै अन्योलता कायमनै छ ।

जिल्ला निर्वाचन कार्यालयबाट खटिएका मतदाता स्वयम्सेवकहरुले मतदाता शिक्षा प्रभावकारी रुपमा सञ्चालन नगर्दा मतदातामा अन्यौलता सिर्जना भएको छ । सडक नाटकको माध्यमबाट मतदाता शिक्षा दिदा प्रभावकारी हुने भएकोले पनि नाटकको माध्यमबाट मतदाता शिक्षा प्रदान गरिएको हो ।
सीड नेपालले जिल्लाका दुइ नगरपालिका र ५ गाउँपालिकामा नाटकको माध्यमबाट शिक्षा प्रदान गरिरहेको छ । गत स्थानीय तहको निर्वाचनमा पर्वतमा ८ प्रतिशत मत बदर भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ