महेन्द्र केसी÷ मंसिर १९ पर्वत । आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पर्वतमा मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो बढिरहेका बेला मतदाता शिक्षा सम्बन्धि ‘महादान’ सडक नाटक प्रस्तुत गरिएको छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी÷ मंसिर १९ पर्वत । आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पर्वतमा मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो बढिरहेका बेला मतदाता शिक्षा सम्बन्धि ‘महादान’ सडक नाटक प्रस्तुत गरिएको छ ।
१६ माघ २०८२, बिहीबार
पर्बत - PBT

मतदाता शिक्षा दिन ‘महादान’ सडक नाटक-भिडियो सहित

१९ मंसिर २०७४, मंगलवार ०८:२८

महेन्द्र केसी÷ मंसिर १९ पर्वत । आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पर्वतमा मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो बढिरहेका बेला मतदाता शिक्षा सम्बन्धि ‘महादान’ सडक नाटक प्रस्तुत गरिएको छ ।
सदरमुकाम कुश्मा बजारमा निर्वाचन आयोगको सहयोगमा सीड नेपालले नाटक देखाएको हो । नाटक हेर्न स्थानीयको घुइँचो लागेको थियो । सीड नेपालले जिल्लाका विभिन्न भागमा सडक नाटकको माध्यामबाट मतदाता शिक्षा प्रदान गर्ने भएको छ ।

तीन ओटा मतपत्रमा मत हाल्नु पर्ने र त्यसमध्ये दुई समानुपातिक र दुई प्रत्यक्ष गरी चार ठाउँमा मत हाल्नुपर्ने भएकोले धेरै मत बदर हुने सम्भावना देखिएपछि सडक नाटकको माध्यमद्वारा मतदाता शिक्षा प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालय पर्वत जनाएको छ ।
मतदाता शिक्षा प्रभावकारी नहुँदा अहिले पनि ग्रामिण भेगका पुरुष र महिलाहरु भोट कसरी हाल्ने? कति ठाँउमा हाल्ने? कसरी पट्याउने भन्नेबारे अनभिज्ञ छन्। आसन्न निर्वाचनमा समानुपातिक दुई, प्रदेश र प्रतिनिधि सभा गरी तीन मतपत्रमा चार ठाउँमा मतदान गर्नु पर्ने भएकोले पनि धेरै मतदाता अन्यौलमा पर्ने देखिएको छ । पर्वतका ग्रामिण भेगका महिला, पुरुषहरुलाई मतदाता शिक्षाबारे अझै अन्योलता कायमनै छ ।

जिल्ला निर्वाचन कार्यालयबाट खटिएका मतदाता स्वयम्सेवकहरुले मतदाता शिक्षा प्रभावकारी रुपमा सञ्चालन नगर्दा मतदातामा अन्यौलता सिर्जना भएको छ । सडक नाटकको माध्यमबाट मतदाता शिक्षा दिदा प्रभावकारी हुने भएकोले पनि नाटकको माध्यमबाट मतदाता शिक्षा प्रदान गरिएको हो ।
सीड नेपालले जिल्लाका दुइ नगरपालिका र ५ गाउँपालिकामा नाटकको माध्यमबाट शिक्षा प्रदान गरिरहेको छ । गत स्थानीय तहको निर्वाचनमा पर्वतमा ८ प्रतिशत मत बदर भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण