2026-07-25 02:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि इतिहासको अर्को अध्यायको शुरुवात भयो: दाहाल

मङ्सिर २१, चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आजदेखि इतिहासको एउटा अध्यायको समापन र अर्को अध्यायको शुरुवात भएको बताउनुभएको छ । 

जिल्लाको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत प्राथमिक विद्यालय शान्तिपुरको (क) मतदान केन्द्रबाट मतदानपछि आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले निकै ठूलो संघर्ष र बलिदानपछि यहाँसम्म आइपुगेको बताउनुभयो । 

अब राजनीतिक यात्राको होइन, विकासको यात्रा शुरु भएको भन्दै उहाँले यो निर्वाचनको सफलतासँगै देशमा राजनीतिक स्थायित्वको वातावरण बन्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “यसले विकास निर्माणको निम्ति राम्रो वातावरण बन्छ र हामी त्यतातर्फ केन्द्रित हुन्छौँ ।” राजनीतिक स्थायित्वको पहिलो आधार यो निर्वाचन भएको भन्दै उहाँले नेपालको इतिहासमा धेरै संघर्ष र परिवर्तन हुँदा पनि कहिल्यै पनि सरकार पाँच वर्ष टिक्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “दिगो सरकार नहुँदा विकास निर्माणले गति लिन पाएन ।” 

गठबन्धनद्वारा बहुमतको सरकार बन्ने र सबै विकास र समृद्धिको एजेण्डामा केन्द्रित हुने उहाँको भनाइ थियो । अध्यक्ष दाहालले भन्नुभयो “अब जसले भए पनि गठबन्धनले बहुमत ल्याउनुपर्छ, यसपटक वामपन्थीकै बहुमत आउँछ, त्यसमा शंका गर्नुपर्ने छैन ।” 

यो परिवर्तनका निम्ति सबैभन्दा ठूलो विद्रोहको नेतृत्व आफूले गरेको भन्दै शान्ति सम्झौताको नेतृत्व पनि गिरिजाप्रसाद कोइराला र आफूले गरेको बताउनुभयो । 

सशस्त्र द्वन्द्वपछि आफैँ हुर्केको गाउँबाट मतदान गर्न पाएकोमा निकै खुशी भएको भन्दै उहाँले भन्नुभयो, “एउटा नेतृत्वदायी भूमिका खेलेर आफैँले आफ्नो जिल्लामा मतदान गर्दा यहाँबाट स्थायित्व र समृद्धिको थालनी गर्न पाउँदा खुशी छु ।” 

धेरै ठूलो राजनीतिक परिवर्तनपछिको महत्वपूर्ण क्षणमा रहेको भन्दै उहाँले यो निर्वाचन विगतको निर्वाचनको पुनरावृत्ति नभएको बताउनुभयो । उहाँले भन्नुभयो “यो इतिहासमा पहिलोपटक हुन लागेको निर्वाचन हो, प्रत्येक मतदाताले एउटा उत्सवका रुपमा लिनुपर्छ । संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने क्षण हो ।” 

यो निर्वाचनसँगै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन भएको भन्दै संघीयता कार्यान्वयनमा गइसकेको बताउनुभयो । नेपालमा अहिले बनेका वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन राष्ट्रका लागि शुभसंकेत भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “कोही चिन्तित हुनुपर्ने आवश्यकता छैन, दुईवटा गठबन्धन हुँदा जसले राम्रो काम गर्छ, उसले पाँच वर्ष सरकार चलाउँछ ।” 

माओवादी केन्द्र र एमालेबीचमा निर्वाचनपछि पार्टी एकता हुने भन्दै उहाँले यसबाट कोही चिन्तित हुनु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “यो कसैका विरुद्धमा लक्षित छैन, राष्ट्र र जनताको पक्षमा छ, हामी चाहन्छौँ, काँग्रेसमा पनि पार्टी एकताको नयाँ प्रक्रिया अगाडि बढोस् ।” 

उहाँले बिहान ७ बजेर १३ मिनेट जाँदा मतदान गर्नुभएको थियो । ठीक ७ बजे मतदानस्थलमा आउनुभएका दाहाल तयारी पूरा नभएकाले केही बेर मतदानको प्रतिक्षामा बस्नु परेको थियो । यसअघि भरतपुर महानगरपालिका–४ लक्ष्मी मावि केन्द्रबाट मतदान गर्नुभएका दाहालले पहिलोपटक आफू हुर्के बढेको ठाउँ भरतपुर–१४ बाट मतदान गर्नुभएको हो । 

उहाँले मतदान गरेको चितवन क्षेत्र नं ३ मा दाहाल वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुनुहुन्छ । नारायण अधिकारी/रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक