२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा विहीवार बेलुका ७ बजेबाट मत गणना हुने

२०७४, २१ मंसिर बिहीबार ०६:१०

चिसाङ शेर्पा/मंसिर २१, खोटाङ । खोटाङमा बिहिबार बेलुका ७ बजेबाट मत गणना सुरु गरिने भएको छ । 

बुधबार मूख्या निर्वाचनको अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले बेलुकाको खाना खाएपछि मत गणना सुरु गर्ने निर्णय गरेको मूख्या निर्वाचन अधिकृत किशोर घिमिरेले बताए । 

साँझ पाँच बजेभित्र उम्मेद्वारको मत गणना प्रतिनिधि नियुक्त गरिसक्ने र बेलुकाको खाना खाएपछि मत गणना थाल्ने निर्णय गरिएको हो । मत गणनाका लागि तार जालीले बारेर चार वटा कोठा तयार पारिएको छ । हरेक दुई घण्टामा मत गणनाको पछिल्लो परिणाम सार्वजनिक गर्नेगरी गणनाको तयारी गरिएको मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मत गणनास्थलमा प्रवेश पाएका उम्मेद्वार वा प्रतिनिधि, गणनामा खटिएका कर्मचारी, अनुगमनकर्ता, पत्रकार लगायतलाई सुरक्षाकर्मीले अदालतको गेट, भवनको मुल ढोका र मत गणनास्थानमा उक्लने सिँढीमा चेक गर्ने व्यवस्था मिलाइएको छ ।

मत गणनास्थलमा रहेका जुनसुकै व्यक्तीलाई सुरक्षाकर्मीले खानतलासी गर्नसक्ने प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन