२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा भाइको नाममा भोट हाल्न दाइ पुगेपछि तनाव

२०७४, २१ मंसिर बिहीबार १०:३५

मंसिर २१, नवलपरासी  । नवलपरासीको बौदीकाली गाउँपालिकामा भाइको नाममा भोट हाल्न दाइ पुगेपछि मतदानस्थलमा केहीबेर तनाव भएको छ ।

बौदीकाली गाउँपालिका १ स्थित गाविस भवन डाँडाथर मतदान केन्द्रमा भाइको नाममा भोट हाल्न दाइ पुगेका थिए । विवादका कारण केहीबेर मतदान समेत प्रभावित भएको थियो ।

बुथमा खटिएका सुरक्षाकर्मीका अनुसार सन्दिपराज कँडेलको नाममा सुदर्शन कँडेलले भोट हाल्न पुगेपछि प्रहरीले रोक्दा तनाव भएको हो । प्रहरीका अनुसार भोट हाल्न पुगेका सुदर्शनलाई रोकेपछि उनीसँगै रहेका कर्णबहादुर गेलाँले प्रहरीमाथि हातपात गर्न खोजेका थिए । 

त्यसपछि स्थिति थप तनाव बनेको थियो । सोही घटनामा जगतबहादुर माकिमलाई नियन्त्रणमा लिएर चेक गर्दा झोलामा खुकुरी फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु