१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामेछापमा मतगणना सुरु

२१ मंसिर २०७४, बिहीबार १२:२४

मंसिर २१, रामेछाप । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । 

उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागीतमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंसिर ११ गते मतपेटिकामा गरेको सिल खोलेर मतगणना कार्य सुरु भएको छ । प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा प्रतिनिधि सभा सदस्यको मतगणना २ स्थानमा र प्रदेश सभा तर्फ को २ वटा क्षेत्रको मतगणना १/१ स्थानमा हुने भएको छ ।

मतगणनाको परिणाम एउटा बुथ गणना सम्पन्न भएलगत्तै सार्वजनिक हुने मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक अधिकृत मधु पोख्रेलले रामेछाप न्युजलाई जानकारी दिए । मतगणना सुरु हुनु अघि बाम गठबन्धनले लगाएको ताल्चा खोलेका थिए ।

कुल १ लाख ५२ हजार ५ सय ५९ मतदाता रहेको रामेछाप मंसिर १० गते सम्पन्न निर्वाचनमा ८९ हजार ५ सय ८७ मत खसेको थियो । प्रतिनिधिसभा सदस्यको लागि बाम गठबन्धनबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामुकमार श्रेष्ठ, नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) उम्मेदवार रहेका छन् ।

त्यसैगरी दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको रामेछापमा प्रदेशसभा क्षेत्र नम्बर १ मा एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल र नेपाली कांग्रेसका नेता रत्न कार्की उम्मेदवार रहेका छन् । रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेका नेता कैलाश ढुंगेल र नेपाली कांग्रेसका नेता जितबहादुर थापामगर उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु