2026-09-19 02:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामेछापमा मतगणना सुरु

मंसिर २१, रामेछाप । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । 

उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागीतमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंसिर ११ गते मतपेटिकामा गरेको सिल खोलेर मतगणना कार्य सुरु भएको छ । प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा प्रतिनिधि सभा सदस्यको मतगणना २ स्थानमा र प्रदेश सभा तर्फ को २ वटा क्षेत्रको मतगणना १/१ स्थानमा हुने भएको छ ।

मतगणनाको परिणाम एउटा बुथ गणना सम्पन्न भएलगत्तै सार्वजनिक हुने मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक अधिकृत मधु पोख्रेलले रामेछाप न्युजलाई जानकारी दिए । मतगणना सुरु हुनु अघि बाम गठबन्धनले लगाएको ताल्चा खोलेका थिए ।

कुल १ लाख ५२ हजार ५ सय ५९ मतदाता रहेको रामेछाप मंसिर १० गते सम्पन्न निर्वाचनमा ८९ हजार ५ सय ८७ मत खसेको थियो । प्रतिनिधिसभा सदस्यको लागि बाम गठबन्धनबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामुकमार श्रेष्ठ, नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) उम्मेदवार रहेका छन् ।

त्यसैगरी दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको रामेछापमा प्रदेशसभा क्षेत्र नम्बर १ मा एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल र नेपाली कांग्रेसका नेता रत्न कार्की उम्मेदवार रहेका छन् । रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेका नेता कैलाश ढुंगेल र नेपाली कांग्रेसका नेता जितबहादुर थापामगर उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई