2026-09-19 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्चुलामा पनि मतगणना शुरु

मङ्सिर २१, दार्चुला । मंसीर १० गते सम्पन्न प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्बाचनको दार्चुला जिल्लामा बिहिबारदेखी मतगणना शुरु भएको छ । 

पुर्ब निर्धारीत समय बेलुकि ५ बजेदेखी नै कर्मचारी आवास भवनमा मतगणना शुरु भएको हो । मंसीर १० गते सम्पन्न प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्बाचनको दार्चुला जिल्लामा कर्मचारी आवास भवनमा ४ स्थानबाट मतगणना शुरु भएको छ ।

मतगणना स्थल कर्मचारी आवास भवनमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । २ स्थानमा प्रदेश सभा र २ स्थानबाट प्रतिनिधिसभाको गरी ४ स्थानबाट मतगणना शुरु भएको हो । शुरुमा प्रदेशसभा क्षेत्र नम्बर क अन्तरगत मालीकार्जुन गाउँपालीकाको वडा नम्बर ५ का मतदान केन्द्रहरु डाडाकोट र लीमाको मतपेटिका खोलेर मतगणना शुरु भएको छ ।

प्रदेश सभा क्षेत्र नम्बर ख अन्तरगत अपिहिमाल गाउँपालीकाको सिति र लुम्ती मतदान केन्द्रको मतगणना हुदैछ । यस्तै प्रतिनिधिसभातर्फ ६÷६ मतदान केन्द्रको मतगणना दुइ टाउँबाट हुदैछ । एउटा कोठाबाट ब्यास गाउँपालीकाको सिद्धनाथ माबि सिना, लेकम गाउँपालीकाको मकन्ना, नौगाड गाउँपालीकाको गणेश माबि सिप्टी, मार्मा गाउँपालीकाको दह, माबि पत्थरकाडा र महाकाली नगरपालीकाको धौकोट मतदान केन्द्रको मतगणना एक ठाउँबाट हुदैछ । 

यस्तै मार्मा गाउँपालीकाको भुमिराज माबि इयरकोट, लेकम को माबि चौड बित्थड, ब्यास गाउँपालीकाको सुनसेरा ख केन्द्र, महाकाली नगरपालीकाको लुर्गा लटिनाथ माबि मैखोली, अपिहिमाल गाउँपालीकाको खन्डेश्वरी माबि छेत्ति र मार्मा गाउँपालीकाको माबि शेरी मतदान केन्द्रको मतगणना दोस्रो कोठाबाट सुरु गरीएको हो ।

कुल ७८ हजार ५ सय १३ मतदाता रहेको दार्चुला जिल्लामा ६९.४० प्रतिषत अर्थात ५४ हजार ४ सय ९३ मतदाताले मतदान गरेका छन । 

‘मतगणना स्थलमा खटिने कर्मचारीको छनौट गरेर अनुमती पत्रको व्यवस्था गरिएको छ । राजनीतिक दलका प्रतिनिधिहरुले र कर्मचारीहरुले आलोपालो मिलाएर मतगणना स्थलमा रहनसक्नेगरी परिचयपत्र जारी गरीएको छ । 

यस्तै पत्रकार महासंघ को नेतृत्वमा जिल्लास्थित पत्रकारहरुलाइ समेत समाचार संकलकोलागी भित्र जान सक्नेगरी प्रबेश अनुमति पत्र दिइएको छ । भित्र सुचना डेस्क स्थापना गरीएको छ । 

रातदिन लगातार मतगणना गरिने हँुदा २३ गतेभित्र नै मतपरिणाम आईसक्ने पुर्बानुमान मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाको रहेको छ । मतगणनालाइ धादलिरहित, निस्पक्ष, बिबादरहित र पारदर्शी बनाउन मतगणना स्थलमा सिसि क्यामरा, तारजाली को ब्यबस्थापन गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई