२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्चुलामा पनि मतगणना शुरु

२१ मंसिर २०७४, बिहीबार १२:४६

मङ्सिर २१, दार्चुला । मंसीर १० गते सम्पन्न प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्बाचनको दार्चुला जिल्लामा बिहिबारदेखी मतगणना शुरु भएको छ । 

पुर्ब निर्धारीत समय बेलुकि ५ बजेदेखी नै कर्मचारी आवास भवनमा मतगणना शुरु भएको हो । मंसीर १० गते सम्पन्न प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्बाचनको दार्चुला जिल्लामा कर्मचारी आवास भवनमा ४ स्थानबाट मतगणना शुरु भएको छ ।

मतगणना स्थल कर्मचारी आवास भवनमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । २ स्थानमा प्रदेश सभा र २ स्थानबाट प्रतिनिधिसभाको गरी ४ स्थानबाट मतगणना शुरु भएको हो । शुरुमा प्रदेशसभा क्षेत्र नम्बर क अन्तरगत मालीकार्जुन गाउँपालीकाको वडा नम्बर ५ का मतदान केन्द्रहरु डाडाकोट र लीमाको मतपेटिका खोलेर मतगणना शुरु भएको छ ।

प्रदेश सभा क्षेत्र नम्बर ख अन्तरगत अपिहिमाल गाउँपालीकाको सिति र लुम्ती मतदान केन्द्रको मतगणना हुदैछ । यस्तै प्रतिनिधिसभातर्फ ६÷६ मतदान केन्द्रको मतगणना दुइ टाउँबाट हुदैछ । एउटा कोठाबाट ब्यास गाउँपालीकाको सिद्धनाथ माबि सिना, लेकम गाउँपालीकाको मकन्ना, नौगाड गाउँपालीकाको गणेश माबि सिप्टी, मार्मा गाउँपालीकाको दह, माबि पत्थरकाडा र महाकाली नगरपालीकाको धौकोट मतदान केन्द्रको मतगणना एक ठाउँबाट हुदैछ । 

यस्तै मार्मा गाउँपालीकाको भुमिराज माबि इयरकोट, लेकम को माबि चौड बित्थड, ब्यास गाउँपालीकाको सुनसेरा ख केन्द्र, महाकाली नगरपालीकाको लुर्गा लटिनाथ माबि मैखोली, अपिहिमाल गाउँपालीकाको खन्डेश्वरी माबि छेत्ति र मार्मा गाउँपालीकाको माबि शेरी मतदान केन्द्रको मतगणना दोस्रो कोठाबाट सुरु गरीएको हो ।


कुल ७८ हजार ५ सय १३ मतदाता रहेको दार्चुला जिल्लामा ६९.४० प्रतिषत अर्थात ५४ हजार ४ सय ९३ मतदाताले मतदान गरेका छन । 

‘मतगणना स्थलमा खटिने कर्मचारीको छनौट गरेर अनुमती पत्रको व्यवस्था गरिएको छ । राजनीतिक दलका प्रतिनिधिहरुले र कर्मचारीहरुले आलोपालो मिलाएर मतगणना स्थलमा रहनसक्नेगरी परिचयपत्र जारी गरीएको छ । 

यस्तै पत्रकार महासंघ को नेतृत्वमा जिल्लास्थित पत्रकारहरुलाइ समेत समाचार संकलकोलागी भित्र जान सक्नेगरी प्रबेश अनुमति पत्र दिइएको छ । भित्र सुचना डेस्क स्थापना गरीएको छ । 

रातदिन लगातार मतगणना गरिने हँुदा २३ गतेभित्र नै मतपरिणाम आईसक्ने पुर्बानुमान मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाको रहेको छ । मतगणनालाइ धादलिरहित, निस्पक्ष, बिबादरहित र पारदर्शी बनाउन मतगणना स्थलमा सिसि क्यामरा, तारजाली को ब्यबस्थापन गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य