2026-08-27 12:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोटाङमा ९ हजारवढी मतले बाम गठबन्धन अगाडी

चिसाङ शेर्पा/मंसिर २२, खोटाङ । खोटाङमा प्रतिनिधि र प्रदेससभा तीनै सिटमा बाम गठबन्धनले ह्याट्रिक देखाउदै गएको छ । 

प्रतिनिधिसभा एक, प्रदेशसभा दुई सिटमा बाम गठबन्धन लगातार अगाडी बढिरहेको हो । शुक्रवार साँझसम्मको मत गणना अनुसार बाम गठबन्धन ९ हजार ७ सय ३९ मतले अगाडी छ । लोकतानित्रक गठबन्धन मतान्तर घटाउने प्रयासमा छन् ।

मुख्य निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा बाम गठबन्धनका उम्मेद्वार बिशाल भट्टराई १३ हजार २ सय ४ लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार सरस्वती वजिमय ८ हजार २ सय ५३ मत ल्याउदै बिशाललाई पछ्याईरहेकी छन् । वजिमय ४ हजार ९ सय ५१ मतले ब्याक रहेको छ । 

नयाँ शक्ति पार्टी नेपालका मदन राई तेश्रो स्थानमा कायमै रहेको छ । कृषिबिज्ञ राईले १ हजार १४ मत ल्याएका छन् । संघीय समाजवादी फोरम नेपालका कृष्ण कुमार राई ८ सय ७६ मतमा दौडिरहेका छन् । राई नयाँ शक्तिभन्दा १ सय १३ मतले पछाडी छ ।

प्रदेशसभा (क) बाम गठबन्धन उम्मेद्वार राजन राइ ५ हजार ८ सय ९७, कांग्रेसका उम्मेद्वार सुवास कुमार पोखरेल ३ हजार ८ सय १३ मत ल्याउदै बाम गठन्धनलाई पछ्याई रहेका छन् । बाम गठबन्धनसँग पोखरेल २ हजार ८४ मतान्तरमा पछाडी रहेको छ । संघीय समाजवादी फोरम नेपालका नबिन राई ४ सय २४, राष्ट्रिय जनमुक्ति पार्टीका तुलसी कुमार राई ५६, नेपाल कम्न्युष्ट पार्टी मालेका नेत्र बहादुर कट्वाल ४ सय १ मतमा रहेको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताए ।

यस्तै, प्रदेशसभा (ख) मा बाम गठबन्धनका उम्मेद्वार राम कुमार राई पासाङ ७ हजार १३ तथा कांग्रेसका विष्णु कुमार राई ४ हजार ३ सय ९ मत ल्याउदै बाम गठबन्धन भन्दा २ हजार ७ सय ४ मतले पछी रहेको छ । संघीय समाजवादी फोरम नेपालका उम्मेद्वार टंक थापा २ सय ५९ र नेपाल कम्युनिष्ट पार्टी मालेका कुल प्रसाद फुयल ३ सय १९ मतमा अगाडी बढिरहेका छन् ।  

यस्तै प्रतिनिधिसभा अन्तरगत सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गणेशबहादुर राईले १४, राष्ट्रिय जनता पार्टी नेपालका विश्वास राईले २९ , एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) को महेश बास्तोलाले २३ मत र मंगोल नेशनल अर्गानाईजेशनका बिरलाल राईको १९ मत आएको छ । 

दुई नगरपालिका र आठ गाउँपालिकाका १ सय ७९ मतदान केन्द्र रहेको जिल्लामा कूल १ लाख २५ हजार १ सय ८३ मतदातामध्ये ७१ हजार ३  सय ११ जनाले मतदान गरेका थिए ।  ५३ हजार ८ सय ७२ जना अनुपस्थित रहेका थिए ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’