2026-09-19 07:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा बाम गठबन्धन जित नजिक (पछिल्लो मत परिणामसहित)

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर २२, दार्चुला । दार्चुला जिल्लामा बाम गठबन्धन करिब जित नजिक पुगेको छ । 

कुल ५४ हजार ४ सय ९७ मतदाताले मतदानमा सहभागिता जनाएको दार्चुला जिल्लामा हालसम्म ४४ हजार ८ सय ५ मत गणना भइसकेको छ । १ सय २९ मतदान केन्द्र रहेको दार्चुलामा प्रतिनिधिसभा अन्तरगत १ सय ६ मतदान केन्द्रको अन्तीम मत परिणाम सार्बजनिक हुदासम्म बाम गठबन्धनका साझा उम्मेदबार गणेश सिह ठगुन्ना ६ हजार बढी मतान्तरकासाथ अग्रस्थानमा रहनुभएको छ ।

अहिलेसम्म वाम गठबन्धनका गणेशसिंह ठगुन्ना (सूर्य) २४ हजार १ सय ४० मत प्राप्त भएको छ । भने निकटम प्रतिद्वन्द्वी कांग्रेसका विक्रम सिह धामी (रूख)ले १७ हजार ९ सय ६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाले जनाएको छ । भने प्रतिनिधिसभातर्फ १ हजार ९ सय ६८ मत बदर भएको छ ।

त्यस्तै दुईवटा प्रदेशसभा मत गणनाको मत परिणामअनुसार प्रदेशसभा ’क’मा १४ हजार ४ सय ८९ मत गणना भएको छ । जसमा वाम गठबन्धनका उम्मेदवार गेल्बु बोहरा (सूर्य) ७ हजार ८ सय ५२ र प्रतिद्वन्द्वी कांग्रेसका मदन गिरी (रुख)ले ५ हजार ८ सय ८६ मत प्राप्त गरेको छ ।

त्यसैगरी प्रदेशसभा ’ख’मा १४ हजार ६ सय ९५ मत गणना भएको छ । जसमा वाम गठबन्धनका मानबहादुर धामी (हसिया हथौडा)ले ७ हजार ४ सय ७९  र उनका प्रतिद्वन्द्वी कांग्रेसका जगदीश पाल (रुख)ले ६ हजार १ सय ७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाले जनाएको छ ।

अब २३ मतदान केन्द्रको मतगणना भएपश्चात प्रतिनिधिसभाको अन्तीम नतिजा सार्बजनिक हुनेछ । भने प्रदेश सभा क मा ३४ र ख मा २२ मतदान केन्द्रको मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई