मंसिर २२, काठमाडौं । चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई विवेकशील साझाका उम्मेदवार रवीन्द्र मिश्रले टक्कर दिइरहेका छन् ।
सुरुदेखि नै काठमाडौंमा मिश्र र सिंहको तीव्र प्रतिस्पर्धा रहेको छ । पछिल्लो मतपरिणाम अनुसार प्रकाशमान सिंहले ६६८५ मत प्राप्त गरेका छन् । त्यस्तै रवीन्द्र मिश्रले ५७८० मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेका वाम गठबन्धनका उम्मेदवार अनिल शर्मा भने तेस्रो स्थानमा रहेका छन । उनले २७२४ मत प्राप्त गरेका छन् । काठमाडौं १ मा मिश्र र सिंहबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।