2026-07-25 02:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङको चारै प्रदेश सभामा बाम गठबन्धन बिजयी

अनिल अधिकारी | मङ्सिर २३, काठमाडौँ | धादिङ्ग जिल्लाको ४ प्रदेश क्षेत्र अन्तर्गत निर्वाचनको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार चारै प्रदेश क्षेत्रमा बाम गठबन्धनले क्लिनस्विप गरेको छ । 

क्षेत्र नम्बर १ को ‘क’ प्रदेश सभा अन्तर्गत एमालेका राजेन्द्रप्रसाद पाण्डेले २७ हजार ३३२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका मधुकुमार श्रेष्ठलले १३ हजार ६४७ मत ल्याए ।

क्षेत्र नम्बर १ को ‘ख’ प्रदेश सभामा पनि वाम गठबन्धनबाटै माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल फराकिलो मतान्तरले विजयी भएका छन् । जम्मरकट्टेलले २३ हजार ३८२ मत ल्याई विजयी भएका हुन् । मरकट्टेलका निकटतम प्रतिद्धन्द्वी कांग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४०७ मत ल्याएका छन् । जमरकट्टेल र सुवेदीबीच १२ हजार ९७५ मतान्तर रहेको छ ।

क्षेत्र नम्बर २ को ‘क’ प्रदेश सभा अन्तर्गत माओवादी केन्द्रका उम्मेदवार जगत सिंखडा विजयी भएका हुन् । सिंखडाले १७ हजार ६ सय ५ मत पाएका छन् भने कांग्रेसको समर्थन पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डम्बरबहादुर तामाङले १५ हजार ७ सय ७४ मत पाएका छन् । मतान्तर १ हजार ८३१ रहेको छ ।

त्यस्तै धादिङ्गको क्षेत्र नम्बर २ को ‘ख’ मा पनि बाम गठ बन्धनका रामकुमार अधिकारी २०३६३ मत प्राप्त गरि विजयी बनेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी रमेश धमलाले १९०१५ मत प्राप्त गरि पराजय भोगेका हुन् । यहाँ १३४८ मतान्तर रहेको छ । 

प्रतिनिधिसभा अन्तर्गतको मत गणना भने जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक