११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङ १ बाट भूमि त्रिपाठी अहिलेसम्मकै फराकिलो मतान्तरले विजयी

२२ मंसिर २०७४, शुक्रबार २३:००

मंसिर २३, धादिङ | प्रतिनिधि सभा अन्तर्गत धादिङ क्षेत्र नम्बर १ बाट एमाले उम्मेदवार भूमि त्रिपाठी २७ हजार भन्दा बढी मतान्तरसहित विजयी भएका छन् । त्रिपाठीले ४९ हजार १ सय २१ मत प्राप्त गरे । 

उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार विश्वप्रसाद अर्यालले २१ हजार ९ सय ६८ मत प्राप्त गरेका छन् ।

धादिङ्गको चारै प्रदेशमा बाम गठबन्धन बिजयी 

क्षेत्र नम्बर १ को 'क' प्रदेश सभा अन्तर्गत एमालेका राजेन्द्रप्रसाद पाण्डेले २७ हजार ३३२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका मधुकुमार श्रेष्ठलले १३ हजार ६४७ मत ल्याए ।

क्षेत्र नम्बर १ को 'ख' प्रदेश सभामा पनि वाम गठबन्धनबाटै माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल फराकिलो मतान्तरले विजयी भएका छन् । जम्मरकट्टेलले २३ हजार ३८२ मत ल्याई विजयी भएका हुन् । मरकट्टेलका निकटतम प्रतिद्धन्द्वी कांग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४०७ मत ल्याएका छन् । जमरकट्टेल र सुवेदीबीच १२ हजार ९७५ मतान्तर रहेको छ ।

क्षेत्र नम्बर २ को 'क' प्रदेश सभा अन्तर्गत माओवादी केन्द्रका उम्मेदवार जगत सिंखडा विजयी भएका हुन् । सिंखडाले १७ हजार ६ सय ५ मत पाएका छन् भने कांग्रेसको समर्थन पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डम्बरबहादुर तामाङले १५ हजार ७ सय ७४ मत पाएका छन् । मतान्तर १ हजार ८३१ रहेको छ ।

त्यस्तै धादिङ्गको क्षेत्र नम्बर २ को 'ख' मा पनि बाम गठ बन्धनका रामकुमार अधिकारी २०३६३ मत प्राप्त गरि विजयी बनेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी रमेश धमलाले १९०१५ मत प्राप्त गरि पराजय भोगेका हुन् । यहाँ १३४८ मतान्तर रहेको छ । 

प्रतिनिधिसभा अन्तर्गतको अब क्षेत्र नम्बर २ को मत गणना भने जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु