2026-07-26 01:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बृहत सांगितिक रियालिटी शो ‘खोटाङ आईडल’ शुरु

चिसाङ शेर्पा/मंसिर २३, खोटाङ । खोटाङमा सांगितिक रियालिटी शो ‘खोटाङ आईडल’ शनिवारबाट शुरु भएको छ । 

जिल्लाको हकमा ठूलो धनराशी भएको खोटाङ आईडल साकेला गाउँपालिकाको रतन्छाबाट शुरु हुदैछ । बिहान ११ बजेवाट सुरुवात हुने सांगितिक रियालिटी शोमा बिसजना संगीत पारखीहरुले फर्म भरेका छन् । 

संगीतमा रुचि भएकाहरुले कार्यक्रम शुरु हुने दिनमा समेत उत्साहजनक तवरमा फर्म भरीरहेका आयोजक परिवर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका राजापानीले जनाएको छ । हालसम्म जिल्लाभरीको रेर्कड अनुसार सयौंले सहभागिताका लागि आवेदन दिएका छन् । सहभागिताका लागि ५५५ नगदका साथमा एकप्रती फोटोसहित फर्म भर्नुपर्नेछ ।  

आयोजकका अनुसार २५ गते दिप्रुङ गाउँपालिका पञ्चमीबजार, २७ गते खोटेहाङ गाउँपालिकाको खोटाङबजार, २९ गते जन्तेढुंगा गाउँपालिकास्थित चिसापानीबजार, पौष १ गते बराहापोखरी गाउँपालिकाको साउनेचौर, ५ गते केपीलासगढी गाउँपालिकाको बाक्सिलाबजार, ८ गते ऐसेलुखर्क गाउँपालिकास्थित ऐसेलुखर्कबजार, १० गते लामिडाडाँ गाउँपालिकाको खार्पा, १२ गते हलेसी तुवाचुङ नगरपालिका हलेसी, १४ गते रुपाकोट मझुवागढी नगरपालिका बुईपास्थित पञ्चेदोबाटो र १७ गते नगरपालिकाको दिक्तेलमा पहिलो चरणको अडिसन गरिने कार्यक्रम संयोजक जिबन कुमार राईले बताए ।

विजेता मध्ये प्रथमले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष १ गीत रेर्कडीङ गर्न पाउनेछ । दोश्रो हुनेले २४ हजार ५७४ प्रमाणपत्र, १ गीत रेर्कडीङ, ३ महिना संगीत कोर्ष, तेश्रो हुनेले १० हजार ५७४ प्रमाणपत्र, १ महिना संगीत कोर्ष, १ गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकल एकजनाले २ हजार ५७४ नगद र प्रमाणपत्र प्राप्त गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ