Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालिकोटमा चुनाव: शाहीको ह्याट्रीक, रावतको सट, अर्का शाहीको छक्का

२०७४, २३ मंसिर शनिबार १०:४६

दलसिंह गिरी/मंसिर २३, कालिकोट । बिना विभागीय मन्त्री एवं नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य, अहिले प्रदेश सभाका लागि कालिकोट क्षेत्र नं. ख बाट बामगठबन्धनका साझा प्रत्यक्ष उम्मेदार महेन्द्र बहादुर शाही, यहि २१ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय (जिल्ला अदालत)मा साझबाट भइरहेको मत गणनाको सुरुवाती चरणमा अर्का उम्मेदार लोकतान्त्रीक गठबन्धनका कालिबहादुर सहकारीको मत भन्दा केही मतान्तरले पछि परेका थिए । 

मत गणना हुदैजादा धेरैको मनमा कौतुहलता जागिसकेको थियो की ? यस अघि २०७० सालको संविधान सभा सदस्यका लागि कालिकोटबाट जित हासिल गरेर सरकारको उर्जामन्त्री समेत भैसकेका शाही, यसपछि मुख्य मन्त्री भएर प्रदेश ६ को बागडोर सम्हाल्छु भन्दै प्रदेशको चुनावमा होमिएका थिए, तर सुरुको मतपरिणाम हेर्दा कालिकोट क्षेत्र नं. ख का जनताले फेरी नयाँ फल चाख्न खोजेकी त ? भन्ने धेरैमा शंका उब्जीएको थियो । 

मत गणना हुदै जाँदा विस्तारै बामे सारेका शाही मतगणनाको मध्यान्तरपछि फुटबल खेलमा खेल खेल्दै गर्दा खेलाडीले कर्नरसिप पाएर कर्नरबाट बलप्रहार गरी गोल गरेर ह्याट्रीक गरे झै एकाएक फट्को मारेर आफ्ना प्रत्यासी उम्मेदार कालिबहादुर सहकारी माथि ह्याट्रीक जमाए । 


सहकारीलाई उछिन्दै शाहीले २ हजार ८ सय ११ मतान्तरले बिजयी हासिल गरेका छन् । लोकतान्त्रीक गठबन्धनबाट उम्मेदार सहकारी भने ९ हजार, ३ सय ४२ मतमा सिमित भएका छन् । 

बाह्र हजार १ सय ५३ मत ल्याएर विजयी भएका शाहीलाई अब कालिकोटे जनताले प्रदेश नं. ६ को बागडोर सम्हाली विशेष गरी प्रस्तावित कर्नाली प्रदेशको समृद्धिका लागि मैदानमा पठाएका छन् । 

तपाई कै नेतृत्वमा प्रस्तावित कर्नाली प्रदेशको विकासका सपना शाकार होउन् कर्नालीवासीको अग्रीम शुभकामना । यस्तै कालिकोटबाट प्रतिनिधि सभाका लागि उम्मेदार दिएका नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज एवं अहिलेको बाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि कालिकोटबाट साझा उम्मेदार दुर्ग बहादुर रावतले मतगणनाको सुरुवातीबाटै प्रत्येक मतदान केन्द्रबाट अधिक मत ल्याएर आफ्ना प्रत्यासी लोकतान्त्रीक गठबन्धनका प्रत्यक्ष उम्मेदार एवं नेपाली कांग्रेसका यूवा नेता भूपेन्द्रजंग शाहीलाई निरन्तर सट प्राहर गर्दै ४ हजार ७ सय ५ मतान्तरले बिजयी भएका छन् । 

भलिबल खेलमा रेजरले रेज मिलाउने अनि सटरले सट हाने झै बाम गठबन्धनमा एमालेले रेज मिलाएर लोकतान्त्रीक गठबन्धनका उम्मेदार माथि लगातार सट हानेका रावलले २१ हजार १ सय १२ मत ल्याएका छन् । 

उनका प्रत्यासी शाही १६ हजार ४ सय ७ मत मै सिमित भएका छन् । प्राय विभिन्न सामाजिक अभियान संचालन गरेर संचार मिडियामा आईरहने नेपाली कांग्रेसका यूवा नेता शाही कालिकोटका हकमा युवा जगतका चर्चित ब्यक्तित्व भएपनि एमाले र माओवादी विचको बाम चेकले शाहीबाट रावत माथि सट प्रहार हुन सकेन ।

यता प्रदेश सभाका लागि कालिकोट क्षेत्र नं. क को उम्मेदार छनोटमा बामगठबन्धन विच भएको छलफलबाट एमालेका कुर्मराज शाहीलाई साझा उम्मेदार बनाउने सिफारिस भए लगतै कालिकोटका धेरै जसो ब्यक्तित्वहरुबाट कुर्मराज शाहीलाई ढुक्कता ब्यक्त गर्दै अग्रीम बधाई तथा शुभकामनाका शब्दहरु प्रहार भैरहेका थिए, नहुदै निर्वाचनको मतपरिणामले शाहीलाई च्याम्पियन बनाएको छ । 

क्रिकेट खेलमा ब्याट्समेनले छक्का प्रहार गरेर धेरै अंक प्राप्त गरे झै क्षेत्र नं. क मा बाम गठबन्धनका शाहीले माओवादी केन्द्रको साथमा लोकतान्त्रीक गठबन्धनका शाहीलाई लगातार छक्का प्रहार गरी मत गणनाको सुरुवातीबाटै फराकिलो मतान्तरले अगाडी बढेका थिए । 

भारी मतान्तरले अगाडी बढेका शाहीले आफ्ना प्रत्यासी लोकतान्त्रीक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका टेकराज शाहीलाई ७ हजार ४ सय ४६ मतको मतान्तरले पछाडी पारेका छन् । बिजयी शाहीले ११ हजार ९ सय ३५ मत ल्याएका छन् भने प्रत्यासी शाही ४ हजार ४ सय ८९ मतमा सिमित भएका छन् ।

कालिकोट प्रदेश सभा क्षेत्र नं. क मा पहिलेदेखि नै एमालेको ब्रजस्व रहेको विगतका निर्वाचनको परिणामले पनि यस्तै देखाएको थियो । त्यसमा माओवादी केन्द्रको पनि उत्तिकै ब्रजस्व देखिएको थियो । 

स्थानीय तहको निर्वाचनमा यो क्षेत्र एमाले र माओवादीको प्रभाव बढी भएकाले पनि कालिकोटका धेरै जसो ब्यक्तित्वहरुले बामगठबन्धनका साझा उम्मेदार शाहीको बिजयी शुनिश्चीत छ भन्दै अग्रिम शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश