2026-10-29 08:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

तिब्वत नाका मोरिम-क्याटोबाट दुनै मोटरबाटो जोड्ने प्रतिबद्धता (फोटोफिचर)

टेक शाही/मङ्सिर २३, डोल्पा । डोल्पामा बामगठबन्धनले शनिबार बृहत बिजय सभा गरेको छ । 

डोल्पामा प्रदेश सभा र प्रतिनिधि सभा को तीनवटै निर्वाचन क्षेत्रमा बामगठबन्ध बिजय भएको खुशियालीमा दुनैमा बामगठबन्धनले बिजयी सभा मनाएको हो ।उक्त आयोजित बिजयी सभामा बामगठबन्धनका हजारौ नेता कार्यकर्ता तथा समर्थकहरु उपस्थित भएका थिए ।

बाजा र कार्यकर्ता सहित मूख्य निर्वाचन अधिकृतको कार्यालयमा बिजयी उम्मेद्धारले प्रमाण पत्र ग्रहण गरेका थिए । तिनै जना बिजेता उम्मेद्धारलाइ प्रमाण पत्र शस्तानतरण गर्दै मुख्य निर्वाचन अधिकृत रमेश कुमार ज्ञवालीले बधाइ तथा शुभकामना दिनु भएको थियो । प्रमाण पत्र ग्रहण पछि जिल्लाका सुरक्षा प्रमूख र मूख्य निर्वाचन अधिकृत सहित सर्मथकहरुका बिचमा सामुकि तस्विर खिचाए र फेरी र्यालीमा सहभागि भएका थिए । 

बामगठबन्धन द्धारा संयुक्त रुपमा आयोजित उक्त बिजय ¥याली दुनै बाजागाजा सहित दुनै बजार परिक्रम गरेरको थियो । जिल्ला समन्वय समितिको प्राङ्गणमा भएको बृहत सभालाइ सम्बोधन गर्दै तीनै जना नव निर्वाचित माननियहरुले डोल्पालाई पाँच बर्ष भित्रमा सबृद्ध डोल्पा बनाउने प्रतिबद्धता गरेका छन ।

बिजय सभामा सम्बोधन गर्दै नव निर्वाचित प्रतिनिधि सभाका उम्मेद्वार धन बहादुर बुढाले चीनकोसँगको मोरिम्ला नाका र क्याटो नाकादेखि बाँकेको नेपालगञ्जसम्म मोटरबाटो पाँच बर्ष भित्रै जोड्ने प्रतिबद्धता जनाए । उनले भने अब पैसाको राजनिति सकियो कम्यूनिष्ट सरकार हुन्छ र जनताका सपना सबै साकार हुने बताए ।

डोल्पाका बेरोजगार युवालाई रोजगारिका अवसर सिर्जना गर्नुको साथै जाजरकोट डोल्पा मोटरबाटो निर्माण भईसकेपछि डोल्पा नेपालगञ्ज सिधा यातायात संञ्चालन गर्नकोलागि पक्की पुल निर्माणका लागि यत सक्य लाग्ने पनि निर्वाचित उम्मेद्धार बुढाले बताए  ।

उनले थपे भावी दिनहरुमा बिपक्षि पार्टीसँग सहकार्य गरेर जाने समेत बताए । डोल्पामा अबको बिस बर्षसम्म बामगठबन्धनले नेतृत्व गर्ने उहाँले प्रतिनिधि सभाका सदस्य धन बहादुर बुढाले दावी गरे ।

धन बहादुर बुढाले  सभामा सम्बोधन गर्दै गर्दा विपक्षि पार्टी नेपाली काङ्ग्रेसलाई कुकुर भुक्दै गर्छ हात्ती लम्किँदै गर्छ भनेर कटाक्ष गर्दै डोल्पाको समृद्धीका लागि बामगठबन्धनको आवाश्यक्ता भएर जनताले भारी मतले बिजयी गराएको बताए । सभामा भुतपूर्व माननियहरु नर बहादुर बुढाथोकि,मोतिप्रसाद पाहाडी,बुढाका दाजु कर्ण बहादुर बुढा र अन्य नेतालाइ समेत राजनितिक गूरु भनेर सम्झीए । 

त्यसैगरि प्रदेश निर्वाचन क्षेत्र क का उम्मेद्वार नन्द सिंह बुढाले डोल्पामा आर्थिक बिकास गर्न शिक्षा,स्वास्थ्य,यातायात,संञ्चार र पर्यटन बिकासलाई बिशेष एजेण्डा बनाएर अगाडी बड्ने उहाँले बताए । उनले भने जनताले अत्याधिक मत दिएर बिजयी गराए अब पाछ बर्षमा जनताको मतको श्रृण तिरेरै छाड्ने बाचा समेत गरे । 

त्यसका साथै प्रदेश निर्वाचन क्षेत्र ख का उम्मेद्वार बिर बहादुर शाहीले उपल्लो डोल्पामा छोटी भन्सारको ब्यबस्था गर्नुको साथै सडक बिकासलाई प्राथामिकतामा राखेको बताए ।  उनले भने सडक र सञ्चार अनि शिक्षा पहिलो प्राथमिकता रहेकोले पाच बर्षमा यि सबै काम सके जति पूरा गर्ने प्रतिबद्धता जाहेर गरे ।  

कार्यक्रममा उपस्थित पुर्व शान्ति मन्त्री सत्य पहाडीले देश बामपन्थीमय भएको र पचास बर्ष पुरानो सपना अहिले साकारहुने बताउँदै हालको बामगठबन्धन पार्टी एकतामा रुपान्तरणकालागि नेपाली जनताले भारी मत दिएर देशैभर बिजय गराएको बताइन ।

उक्त कार्यक्रमा बामगठबनन्धनका नेता कार्यकर्ता,जिल्ला समन्वय समितीका प्रमुख उप प्रमुख तथा जिल्लाका सम्पुर्ण स्थानीय तहका प्रमुख उप प्रमुखको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्थानीय तहका प्रमुख उप प्रमुखले आफ्नो भनाई राख्दै नव निर्वाचित उम्मेद्वारहरुलाई डोल्पालीको बिकासको इमानदार भएर जनता सामु राखेको प्रतिबद्दता पुरा गर्न तर्फ लाग्नु पर्नेमा सुझाव दिएका थिए ।         

डोल्पा प्रतिनिधि सभा क्षेत्रन नं १ बाट ११७६१ मत  ल्याएर एमलेका धनबहादुर बुढा बिजयहुनु भएको थियो ।त्यसैगरि प्रदेश निर्वाचन क्षेत्र क मा एमालेका  नन्द सिंह  बुढा  ५४९० मत ल्याएर बिजयहुन भएको थियो । त्यसै गरि प्रदेश निर्वान क्षेत्र ख का उम्मेद्वार बिर बहादुर शाहीले ६४१४ मत ल्याएर बिजय हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम