अाइतबार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अाइतबार "/>

2026-09-19 01:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामेछाप २ बाट ढुङ्गेल बिजयी । विजयी भए लगत्तै सामाजिक संजालमा यस्तो लेखे

प्रज्वल पाैडेल । मंसिर २४, रामेछाप | रामेछापकाे निर्वाचन क्षेत्र नं २ काे प्रदेशसभामा नेकपा एमाले (बामगठबन्धन) का साझा उम्मेदवार कैलाश ढुङ्गेल बिजयी भएका छन् ।

अाइतबार विहान सार्बजनिक भएको मतपरिणाम अनुसार ढुङ्गेलले २६९३५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एवं कांग्रेसका उम्मेदवार जीत बहादुर मगरले १४७२९ मत प्राप्त गरे । ढुङ्गेलले १२२०६ मतान्तर बनाउदै मगरलाई पराजित गरेका छन् ।

नेता ढुङ्गेल विजयी भए लगत्तै उनले सामाजिक संजाल फेशबुकमा यस्ताे प्रतिक्रिया दिए ।

“मलाइ रामेछाप जिल्ला प्रदेश २ (ख )बाट प्रदेश सभा सदश्यमा निर्बाचित गर्नुहुने संपूर्ण आदर्णीय मतदाताहरु प्रति आभार ब्यक्त गर्दछु।तपाइहरुले मतदान गर्नुभएको अमुल्य मत र उक्त मतसंगै ब्यक्त भाबना (आर्थिक समृद्धि, दिगो सरकार, सबल राष्ट्र र सामाजिक न्याय सहितको आर्थिक सामाजिक ब्यबस्था) लाइ म सधै शिरोधार्य गर्नेछु । चुनाबी अभियानको क्रममा म भन्दा बढी खट्नुहुने रामेछापको नेकपा (एमाले)को सिङो नेतृत्व पंक्ति, नेकपा माओबादी केन्द्रको नेतृत्व पंक्ति, दुबै पार्टीका वडा तह संम्मका नेताहरु,सम्पूर्ण स्थानीय जनप्रतिनिधिहरु एवं आमजनताप्रति आभार प्रकट गर्दछु।  निर्वाचनमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्नुहुने रास्ट्रसेबक कर्मचारी,शुरक्षानिकाय,संचार संचारमिडिया,  निर्बाचन कार्यालयलाइ शान्तिपूर्ण वातावरणमा आफ्नो कार्य सम्पन्न गर्नु भएकोमा धन्यबाद  दिन चाहान्छु । यो हाम्रो जीतमा जनताको खुशी र ऐतिहासिक चहना गासिएको हामीले बुझेका छौ र पार्टी एकता सम्मको  योजनामा छौ।यो हाम्रो  जितले हाम्रो पार्टी भित्रको चट्टानी  एकता र चोखो बाम गठबन्धनले एउटा अनगिन्ती प्रश्नहरुको अग्नीपरीक्षा प्रथमश्रेणीमा उतिर्ण गरेको छ र भबिश्यमा अझ झन एकताबध्द हुन प्रेरणा प्राप्त गरेको अनुभुती भएको छ । यसप्रती भ्रमको खेतीगर्नेहरुलाई चेतना आएको हुनुपर्छ यदि आएको छैन भने भबिश्यमा आउनेनै छ । चुनावमा हामी संगै प्रतिस्पर्धा गर्ने अन्य राजनीतिक दलहरुको भूमिकाको उच्च सम्मान गर्दै आगमी दिनहरुमा सधै सहकार्य ,परामर्श र रचनात्मक सहयोगको अपेक्षा गर्नेछु ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई