२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधि सभाको प्रत्यक्षमा बाम गठबन्धनको दुईतिहाई बढी ! लोकतान्त्रिकभन्दा ७ गुणा अगाडी

२०७४, २४ मंसिर आईतवार ०१:५४

अनिल अधिकारी | मङ्सिर २४, काठमाडौँ | प्रतिनिधि सभामा बाम गठबन्धनको दुई तिहाई योगफल निकाल्न सकिने गरि अग्रता र जितको योगफल देखिएको छ | प्रत्यक्ष तर्फ कुल १६५ सिट मध्ये बाम गठबन्धनको हालसम्मको जित र अग्रताको योगफल आक्रामक देखिएको छ | 

एमालेले यो समाचार तयार पार्दा सम्म ५० स्थानमा विजय हाँशिल गरेको छ भने माओवादीले १७ स्थानमा विजय प्राप्त गरिसकेको छ | यदी जितलाई मात्र जोड्दा पनि अहिलेसम्म बाम गठबन्धनको ६७ सिट प्राप्त भईसकेको छ | त्यस्तै अग्रतालाई जोड्ने हो भने एमालेको पक्षमा ३० अग्रता छ भने माओवादी केन्द्रको पक्षमा १९ अग्रता छ, जसको योगफल ४९  हुन आउँछ | अब अहिलेसम्मको जित र अग्रताको योगफललाई लिने हो भने बाम गठबन्धनको ११६ हुन आउँछ | अब ११६ हुनु भनेको प्रत्यक्ष तर्फ ११० भन्दा बढी अर्थात स्पष्ट दुईतिहाई भन्दा बढी हो | 

दुई तिहाईका लागि समानुपातिकको सकस 

एमाले माओवादी गठबन्धनलाई दुई तिहाईको लागि प्रत्यक्ष मात्र भएर पुग्दैन, समानुपातिकमा पनि उत्तिकै राम्रो सिट आउनु आवश्यक छ | गठबन्धनका कारण एमाले र माओवादी दुवैको चिन्हमा मतदान भएको हुनसक्ने भन्दै कांग्रेसले समानुपातिकमा बाम गठबन्धनको मत धेरै बदर हुनसक्ने आंकलन गरेको छ | त्यसो त कांग्रेसकै पनि समानुपातिकमा प्रत्यक्षमा जति मत नआउन सक्छ किनकी धरै भोट यो पटक विवेकशील साझाको तराजुमा खसेको अनुमान छ | त्यस्तै नयाँ शक्तिको देब्रे आँखा, राप्रपाको हलो लगायत अन्य साना दलका अन्य चुनाव चिन्हले पनि बाम /लोकतान्त्रिकको समानुपातिक चिन्हको मत काट्न सक्छन् | यदी थ्रेसहोल्ड नपुग्ने दललाई समानुपातिक मत गएमा त्यस्तो मत समानुपातिक सिटमा अगन्य हुने हुँदा समानुपातिकनै बाम गठबन्धनको लागि दुई तिहाईको सकस मान्न सकिन्छ तर अझै पनि प्रत्यक्षको आधा जसो परिणाम नआई यसै भन्न सकिन्न | 

प्रत्यक्षमा लोकतान्त्रिक गठबन्धनभन्दा बाम गठबन्धन ७ गुणा अगाडी 

अहिले सम्म कांग्रेसको पक्षमा ८ र नयाँ शक्तिको १ गर्दा लोकतान्त्रिकको ९ हुन आउँछ तर बाम गठबन्धनले ६४ स्थानमा जित दर्ता गराईसकेको छ | त्यस्तै अग्रताको स्कोरलाई हेर्दा १४ अग्रता कांग्रेसको छ भने बाम गठबन्धनको अग्रता ५२ छ | बाम गठबन्धन पक्षमा थप दुई स्वतन्त्र उम्मेदवारलाइ पनि लिन सकिने बाम गठबन्धनका नेताहरुको दावी छ किनकी हुम्लामा स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामा बाम गठबन्धनमै गन्न मिल्ने बताईएको छ | त्यसो त मनाङमा स्वतन्त्र उम्मेदवार भनिए पनि दिपक मनांगेलाई एमालेकै भनिन्छ र त्यहाँ उनले बाम गठबन्धनकै मतको कारण जितेको स्पष्ट छ | यसरी प्रत्यक्षमा बामलाई थप २ नभए पनि १ स्थानबाट साथ मिल्ने पक्का छ | यो उसको दुई तिहाईको लागि पनि ठूलो राहतको कुरा हुन सक्छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो