१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

BREKING NEWS -पर्वतको प्रतिनिधीसभामा गिरी, प्रदेससभामा अधिकारी र लम्साल बिजयी

२४ मंसिर २०७४, आईतवार ०२:२८


पर्वत /पर्वतबाट प्रतिनिधीसभा सदस्य पदमा नेकपा एमालेका उमेदवार पदम गिरी निर्वाचित भएका छन ।
एमालेका युवा नेता तथा जिल्ला अध्यक्ष गिरीले नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पर्वतमा तीन पटक चुनाब जितेर ह्याट्रिक गरेका अर्जुनप्रसाद जोशीलाई मत १२ हजार ४ सय ५६ मत अन्तरले पराजित गर्दै निर्वाचत भएका हुन ।
प्रतिनिधीसभा सदस्य पदमा निर्वाचित गिरीले ३९ हजार ७ सय २५ मत प्राप्त गरेका छन भने पराजित जोशीले २६ हजार८ सय १९ मत पाएका छन । जोशीलाई गिरीले फराकिलो मतान्तरले पराजित गरेपछि एउटा इतिहाँस समेत कायम गर्न सफल भएका छन । पर्वतमा निर्वाचन हार्न नजानेको भनेर जोशीलाई चित्रित गरिदै आएपनि उनलाई एमालेका युवा नेता गिरीले पराजित गरेपछि त्यो इतिहाँस तोडिएको हो ।


यसैगरी प्रदेशसभा १ मा गठबन्धनका उमेदवार माओबादी केन्द्रका पोलिटब्युरो सदस्य नेत्र अधिकारी बिजयी भएका छन । प्रदेससभा सदस्य पदमा निर्वाचित सदस्य अधिकारीले नेपाली कांग्रेसका पुर्व जिल्ला सभापाति नवराज गुरुङ्गलाई ४ हजार ८ सय २३ मतको अन्तरले पराजित गरेका हुन । निर्वाचित अधिकारीले २१ हजार ५०८ मत प्राप्त गरेका छन भने पराजित हुन पुगेका नेपाली गुरुङ्गले १६ हजार ६८५ मत प्राप्त गरेका छन । गुरुङ्ग यो निर्वाचनमा पराजित भएपछि हारको ह्याट्रिक बन्न पुगेको छ । उनी २०४८ सालमा पर्वत क्षेत्र नं १ बाट पराजित भएका थिए भने २०७० मा पर्वत क्षेत्र नं २ मा पनि पराजय भोगेका थिए ।


यसैगरी प्रदेशसभा २ मा एमालेका प्रदेस कमिटी सदस्य बिकास लम्साल बिजयी भएका छन । लम्सालले नेपाली कांग्रेसका महाधिबशेन प्रतिनिधी रहेका राजेन्द्र तिवारीलाई २ हजार १६६ मत अन्तरले पराजित गरेका हुन । प्रदेससभा सदस्यमा बिजयी भएका लम्सालले १५ हजार ४ सय ३४ मत प्राप्त गरेका छन भने पराजित भएका तिवारीले १३ हजार ३५२ मत प्राप्त गरेका छन । लम्साल २०७० मा पनि पर्वत क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ