२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेशसभा कास्की ३ ‘क’मा माओबादी र ‘ख’मा एमाले विजयी

२४ मंसिर २०७४, आईतवार ०५:४६

मङ्सिर २४, पोखरा । प्रदेशसभा कास्की क्षेत्र नं ३ (क)मा नेकपा (माओवादी केन्द्र)का रामजी बराल निर्वाचित हुनुभएको छ । 

उहाँले १५ हजार ८२३ मत र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी शारदा पौडेलले १३ हजार ५७ मत पाउनुभएको छ । क्षेत्र नं ३ (क) मा ४२ हजार १८१ मतदाता रहेकामा २८ हजार ९०४ मतदाताले मतदान गरेका थिए । प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उहाँले आपूm सधैँ यस क्षेत्रको विकासमा क्रियाशील रहने बताउनुभयो । 

यस्तै क्षेत्र नं ३ (ख) मा नेकपा (एमाले)का उम्मेदवार युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारी निर्वाचित हुनुभएको छ । उहाँले १६ हजार १६७ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सिकन्दर गुरुङले १० हजार ८७६ मत पाउनुभएको थियो ।

क्षेत्र नं ३ (ख) मा ४६ हजार ५२४ मतदाता रहेकामा ३२ हजार ९८७ मतदाताले मतदान गर्नुभएको थियो । प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि उहाँले फेवातालको संरक्षण र विकास निर्माणमा आपूmले विशेष ध्यान दिने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत