2026-09-19 11:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा कांग्रेसलाई क्लिन स्विप गराउने को हुन गिरी, अधिकारी र लम्साल ?

पर्वत/ प्रतिनिधि सभामा १ र प्रदेश सभामा २ गरी ३ वटा सिट रहेको पर्वतमा तीन ओटै सिटमा बाम गठबन्धनका उम्मेद्वारहरु बिजयी भएका छन । आईतबार बिहान सकिएको मतगणनाको परिणाम अनुसार प्रतिनिधि सभामा एमालेका पदम गिरी, प्रदेश सभा (क) मा माओवादी केन्द्रका नेत्रनाथ अधिकारी र प्रदेश सभा (ख) मा एमालेका विकास लम्साल बिजयी भएका हुन । प्रतिनिधि सभा तर्पm नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा ह्याट्रिक उम्मेद्वार अर्जुनप्रसाद जोशीलाई गिरीले १२ हजार २४ मत अन्तरले पराजित गरेका छन । गिरीलाई कुल ३८ हजार १ सय १२ मत प्राप्त भएको छ भने, जोशीलाई २६ हजार १ सय ४४ मत प्राप्त भएको छ ।

यस्तै, प्रदेश सभा (क) मा बाम गठबन्धन अन्तरगत माओवादी केन्द्रका उम्मेद्वार नेत्रनाथ अधिकारीले पनि आप्mना प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार नवराज गुरुङलाई पराजित गरेका छन । अधिकारीले ३४ सय ७० मतको अन्तरमा पराजित गरेका हुन । अधिकारीको पक्षमा १८ हजार ५ सय ३५ मत आएको छ भने गुरुङको पक्षमा १५ हजार ३ सय ६५ मत आएको छ ।

यसैगरी, प्रदेश सभा (ख) मा बाम पनि गठबन्धन अन्तरगत एमालेका उम्मेद्वार विकास लम्सालले आप्mना प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार राजेन्द्रप्रसाद तिवारीलाई पराजित गरेका छन । लम्सालले १५ हजार १ सय ११ मत ल्याउँदा तिवारीलाई १३ हजार १ सय २९ मत आएको छ । उनीहरुबीच १९ सय १० मतको अन्तर छ ।

को हुन पदम गिरी ?


लगातार ३ पटक सम्म संसदीय निर्वाचनमा सहजै बिजय हासिल गर्दै आएका कांग्रेस उम्मेद्वा अर्जुनप्रसाद जोशीलाई पराजित गर्न सक्ने एमाले उम्मेद्वार पदम गिरीको चर्चा यतिबेला पर्वतमा मात्र होईन धौलागिरी अञ्चलमै पनि उत्तिकै छ । कारण हो धौलागिरी र पर्वत कांग्रेसको राजनीतिमा खम्बा मानिएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीलाई निर्वाचनमा पराजित गर्न सक्नु । चौथो पटकको यो निर्वाचनमा पनि बिरासतको लडाईँ लडेका जोशीलाई अन्ततः गिरीले बिरासतलाई ब्रेक गर्न सफल बने । गिरी २०३३ साल मंसिर ८ गते पर्वतकै कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा जन्मिएका हुन ।

स्नातकोत्तर तहको अध्ययन पूरा गरेका उनी २०४६ सालमा अखिल पाचौँको सदस्य बन्दै राजनीतिमा होमिएका थिए । गिरी २०६३ सालमा पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिमा निर्वाचित बने । त्यसपछि जिल्ला फर्किएका उनले २०६६ सालबाट एमाले पर्वतको सचिवालय सदस्य हुँदै २०७१ सालमा एमाले जिल्ला कमिटी पर्वतको आठौँ अधिबेसनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका बने । पार्टी भित्रका निर्वाचनमा उनले उम्मेद्वारी दिएपछि अन्य पुराना नेताले नै ठूलो मतअन्तरले पराजित बन्नुपरेपछि उनलाई पार्टीभित्र ‘म्यान अफ दी ईलेक्सन’ को नाम दिंएइकोमा त्यो उपनामलाई उनले यो निर्वाचनमा पनि कायमै राखेका छन ।
को हुन नेत्रनाथ अधिकारी ?

 

बुबा थगराज र आमा देवकलीको सन्तानको रुपमा वि.सं. २०२२ जेठ ३ गते पर्वतको पाङ स्थित सामान्य परिवारमा जन्मिएका व्यक्ति हुन अधिकारी । पूर्व स्थायी शिक्षक रहेका उनले पछि शिक्षकको जागिर छोडेर राजनीतिमा प्रवेश गरे । माओवादीका पोलिटब्युरो सदस्य समेत रहेका अधिकारी संबिधान सभा निर्वाचन २०६४ मा क्षेत्र नं. १ मा काँग्रेसका अर्जुनप्रसाद जोशीसंग पराजित व्यक्ति हुन ।

को हुन विकास लम्साल ?

पर्वतको फलेवासमा वि.सं. २०२६ साल जेठ ३ गते उनी सामान्य तर शिक्षित परिवारमा जन्मिएका थिए । पुस्तकालयमा रेड बुक बढेपछि कम्यूनिष्ट बिचारबाट प्रवाभित उनी कक्षा ६ मा अध्ययन गर्दाबाट नै राजनीतिमा सक्रिय रहे । लम्साल २०५४ को स्थानीय निर्वाचनमा निर्बिरोध गा.वि.स. अध्यक्ष बन्दै २०७० को संबिधान सभाको निर्वाचनमा पनि बिजयी बनेका थिए । एमाले पर्वतको अध्यक्ष समेत रहेर काम गरेका लम्सालले प्रदेश र त्यसमा पनि पर्वतको समृद्धिका लागि आंपूmसंग स्पष्ट खाका रहेको दावी गर्छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह