२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा कांग्रेसलाई क्लिन स्विप गराउने को हुन गिरी, अधिकारी र लम्साल ?

२४ मंसिर २०७४, आईतवार ०६:१७

पर्वत/ प्रतिनिधि सभामा १ र प्रदेश सभामा २ गरी ३ वटा सिट रहेको पर्वतमा तीन ओटै सिटमा बाम गठबन्धनका उम्मेद्वारहरु बिजयी भएका छन । आईतबार बिहान सकिएको मतगणनाको परिणाम अनुसार प्रतिनिधि सभामा एमालेका पदम गिरी, प्रदेश सभा (क) मा माओवादी केन्द्रका नेत्रनाथ अधिकारी र प्रदेश सभा (ख) मा एमालेका विकास लम्साल बिजयी भएका हुन । प्रतिनिधि सभा तर्पm नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा ह्याट्रिक उम्मेद्वार अर्जुनप्रसाद जोशीलाई गिरीले १२ हजार २४ मत अन्तरले पराजित गरेका छन । गिरीलाई कुल ३८ हजार १ सय १२ मत प्राप्त भएको छ भने, जोशीलाई २६ हजार १ सय ४४ मत प्राप्त भएको छ ।

यस्तै, प्रदेश सभा (क) मा बाम गठबन्धन अन्तरगत माओवादी केन्द्रका उम्मेद्वार नेत्रनाथ अधिकारीले पनि आप्mना प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार नवराज गुरुङलाई पराजित गरेका छन । अधिकारीले ३४ सय ७० मतको अन्तरमा पराजित गरेका हुन । अधिकारीको पक्षमा १८ हजार ५ सय ३५ मत आएको छ भने गुरुङको पक्षमा १५ हजार ३ सय ६५ मत आएको छ ।

यसैगरी, प्रदेश सभा (ख) मा बाम पनि गठबन्धन अन्तरगत एमालेका उम्मेद्वार विकास लम्सालले आप्mना प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार राजेन्द्रप्रसाद तिवारीलाई पराजित गरेका छन । लम्सालले १५ हजार १ सय ११ मत ल्याउँदा तिवारीलाई १३ हजार १ सय २९ मत आएको छ । उनीहरुबीच १९ सय १० मतको अन्तर छ ।

को हुन पदम गिरी ?


लगातार ३ पटक सम्म संसदीय निर्वाचनमा सहजै बिजय हासिल गर्दै आएका कांग्रेस उम्मेद्वा अर्जुनप्रसाद जोशीलाई पराजित गर्न सक्ने एमाले उम्मेद्वार पदम गिरीको चर्चा यतिबेला पर्वतमा मात्र होईन धौलागिरी अञ्चलमै पनि उत्तिकै छ । कारण हो धौलागिरी र पर्वत कांग्रेसको राजनीतिमा खम्बा मानिएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीलाई निर्वाचनमा पराजित गर्न सक्नु । चौथो पटकको यो निर्वाचनमा पनि बिरासतको लडाईँ लडेका जोशीलाई अन्ततः गिरीले बिरासतलाई ब्रेक गर्न सफल बने । गिरी २०३३ साल मंसिर ८ गते पर्वतकै कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा जन्मिएका हुन ।

स्नातकोत्तर तहको अध्ययन पूरा गरेका उनी २०४६ सालमा अखिल पाचौँको सदस्य बन्दै राजनीतिमा होमिएका थिए । गिरी २०६३ सालमा पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिमा निर्वाचित बने । त्यसपछि जिल्ला फर्किएका उनले २०६६ सालबाट एमाले पर्वतको सचिवालय सदस्य हुँदै २०७१ सालमा एमाले जिल्ला कमिटी पर्वतको आठौँ अधिबेसनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका बने । पार्टी भित्रका निर्वाचनमा उनले उम्मेद्वारी दिएपछि अन्य पुराना नेताले नै ठूलो मतअन्तरले पराजित बन्नुपरेपछि उनलाई पार्टीभित्र ‘म्यान अफ दी ईलेक्सन’ को नाम दिंएइकोमा त्यो उपनामलाई उनले यो निर्वाचनमा पनि कायमै राखेका छन ।
को हुन नेत्रनाथ अधिकारी ?

 

बुबा थगराज र आमा देवकलीको सन्तानको रुपमा वि.सं. २०२२ जेठ ३ गते पर्वतको पाङ स्थित सामान्य परिवारमा जन्मिएका व्यक्ति हुन अधिकारी । पूर्व स्थायी शिक्षक रहेका उनले पछि शिक्षकको जागिर छोडेर राजनीतिमा प्रवेश गरे । माओवादीका पोलिटब्युरो सदस्य समेत रहेका अधिकारी संबिधान सभा निर्वाचन २०६४ मा क्षेत्र नं. १ मा काँग्रेसका अर्जुनप्रसाद जोशीसंग पराजित व्यक्ति हुन ।

को हुन विकास लम्साल ?

पर्वतको फलेवासमा वि.सं. २०२६ साल जेठ ३ गते उनी सामान्य तर शिक्षित परिवारमा जन्मिएका थिए । पुस्तकालयमा रेड बुक बढेपछि कम्यूनिष्ट बिचारबाट प्रवाभित उनी कक्षा ६ मा अध्ययन गर्दाबाट नै राजनीतिमा सक्रिय रहे । लम्साल २०५४ को स्थानीय निर्वाचनमा निर्बिरोध गा.वि.स. अध्यक्ष बन्दै २०७० को संबिधान सभाको निर्वाचनमा पनि बिजयी बनेका थिए । एमाले पर्वतको अध्यक्ष समेत रहेर काम गरेका लम्सालले प्रदेश र त्यसमा पनि पर्वतको समृद्धिका लागि आंपूmसंग स्पष्ट खाका रहेको दावी गर्छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली