पर्वत /पर्वतमा बामपन्थी शक्तिको राम्रो जनमत भएको मानिन्छ तर निर्वाचनमा भने निरन्तर पराजय भोग्दै आउने गरेको छ । २६ बर्ष पछि पर्वतका तीन वटै सिटमा बामगठबन्धनले क्लिन स्विप"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत /पर्वतमा बामपन्थी शक्तिको राम्रो जनमत भएको मानिन्छ तर निर्वाचनमा भने निरन्तर पराजय भोग्दै आउने गरेको छ । २६ बर्ष पछि पर्वतका तीन वटै सिटमा बामगठबन्धनले क्लिन स्विप"/>
२०८३, २१ जेष्ठ बिहीबार
पर्बत - PBT

२६ बर्षपछि पर्वतबासीले यसरी खुसियाली मनाए हेर्नुहोस फोटो फिचर

२०७४, २४ मंसिर आईतवार १३:४१

पर्वत /पर्वतमा बामपन्थी शक्तिको राम्रो जनमत भएको मानिन्छ तर निर्वाचनमा भने निरन्तर पराजय भोग्दै आउने गरेको छ । २६ बर्ष पछि पर्वतका तीन वटै सिटमा बामगठबन्धनले क्लिन स्विप गरेपछि भने बिजय उत्सबमा जनसागर नै उर्लिएको छ ।
प्रतिनिधीसभा र प्रदेशसभाका दुई वटै स्थानमा फराकिलो मतान्तरले बाम गठबन्धनका उमेदवारले जित हासिल गरेपछि बिजय उत्सब मनाउन १० हजार भन्दा बढी समर्थकहरु सहभागि भएका हुन ।

बिजय उत्सबमा सहभागि हुन पर्वतको सदरमुकाम कुस्मा, वरपरका गाबिस तथा सुदुर दक्षिण र सुदुर उत्तरका क्षेत्रबाट समर्थकहरु भेला भएका थिए । बिजय जुलुसमा सहभागीहरुको संख्या देखेर सर्वसाधरणले समेत अहिले सम्मकै सबैभन्दा ठुलो जनसहभागितामा बिजय जुलुस भएको प्रतिकृया दिएका थिए । २०६२÷०६३ सालको जनआन्दोलन उत्कृषमा पुगेका बेला पनि यति ठुलो जुलुस ननिस्केको उनीहरुको धारणा थियो । ‘जन आन्दोलन उत्कृर्षमा पुग्दा समेत पर्वतमा जुलुसमा यति ठुलो सहभागिता देखिएको थिएन’ एमालेका समानुपातिक उमेदवार भोलानाथ शर्माले भने ‘२६ बर्ष सम्म खुलेर बिजयउत्सब मनाउन नपाएका बामपन्थी कार्यकर्ताहरु स्वतः स्र्फुत यसरी सहभागि भएका हुन’

बाजागाजा सहित उपस्थित भएका सर्वसाधरणले २६ बर्ष सम्म नेपाली कांगेसले चुनाब जितेका कारण खुलेर उत्सब मनाउन नपाएपनि यसपटक लाल किल्ला बनाउन सफल भएको प्रतिकृया दिएका थिए । बड्गाउँबाट शुरु भएको जुलुस कुस्माबजारको पुरानो बजार हुँदै पोखरा बागलुङ्ग राजमार्ग भएर बान्द्रबिडी खुल्लाचौरमा पुगी बिजयसभामा परिणत भएको थियो । अहिले सम्म बामपन्थी दलहरुले कुस्माबजारको लोकतन्त्रचोक भन्दा माथि जुलुस लिएर जाने चलन नभएपनि यस पटक पुरानोबजार हुँदै सबै बजार समेत परिक्रमा गरेका थिए ।

बिजय जुलुसमा सहभागीहरुले एक अर्कामा बधाई साटेका थिए भने बिजयी जनप्रतिनिधीहरुलाई सर्बसाधरणले फुलमाला, अबिर र खादा लगाएर बधाई दिएका थिए । पर्वतमा प्रतिनिधीसभामा एमालेका पदम गिरी , प्रदेशसभा १ मा माओबादी केन्द्रका नेत्र अधिकारी र प्रदेससभा ख मा नेकपा –एमालेका बिकास लम्साल बिजयी भएका छन ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश