मङ्सिर २४, काठमाडौँ | प्रत्यक्षतर्फको मतगणना सकिएका जिल्लाहरुमा अहिले धमाधम समानुपातिकको मत गनिएको छ, यस्तो अवस्थामा समानुपातिक तर्फको मतगणनाको अपडेट पनि छिटो-छिटो गतिमा बढ्दै गएको छ ।
प्रत्यक्ष् तर्फ पहिलो स्थानमा रहेको एमालेले अहिलेसम्म समानुपातिकमा ४ लाख ६२ हजार २४४ मत पाएको छ भने दोश्रोमा ४ लाख ४२ हजार ३३० मत पाएर कांग्रेस माओवादी भन्दा अगाडी छ, त्यस्तै माओवादी केन्द्रले अहिलेसम्म २ लाख १२ हजार ७५४ मत प्राप्त गरेको छ ।
१. नेपाल कम्युनिष्ट पार्टी (एमाले): 462244
२. नेपाली काँग्रेस: 442330
३. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 212754
४. राष्ट्रिय जनता पार्टी नेपाल: 25780
५. विवेकशील साझा पार्टी: 24290
६. राष्ट्रिय प्रजातन्त्र पार्टी: 23128
७. संघीय समाजवादी फोरम, नेपाल: 18703
८. नयाँ शक्ति पार्टी, नेपाल: 18265
९. राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): 9554
१०. राष्ट्रिय जनमोर्चा: 7618
११ . अन्य: 29530