2026-09-19 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर ३मा भट्ट, प्रदेश ‘क’मा रावल र ‘ख’मा सुनार विजयी

भास्कर केसी/ मङ्सिर २६, कञ्चनपुर । कञ्चनपुर क्षेत्र नं.३ का प्रधिनिधि सभा तथा प्रदेशसभाका तिनै बामगठबन्धनका साझा उम्मेदवार विजयी भएका छन् । 

यस भन्द पहिले नै कञ्चनपुर क्षेत्र नं.१ र २ बाट पनि बामगठबन्धनका साझा उम्मेदवार विजयी भएसँगै कञ्चनपुर जिल्लाको कुनै पनि क्षेत्रमा काँग्रेसका उम्मेदवारले विजयी हासिल गर्न सकेनन् । 

कञ्चनपुरको क्षेत्र नं. ३ प्रतिनिधि सभा एमालेका उम्मेदवार डा. दिपक प्रकाश भट्टले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काग्रेसका पुर्व यतायात मन्त्री रमेश लेखकलाई २५८ मतले पराजित गरेका छन् । भट्टले २६३६४ मत पाएका छन् भने लेखकले २६१०६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी कञ्चनपुर क्षेत्र नं.३ प्रदेशसभा १ का बामगठबन्धनका साझा उमेदवार नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रकाश रावल तथा क्षेत्र नं.३ प्रदेशसभा २ का बामगठबन्धनका साझा उमेदवार एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मान बहादुर सुनार बिजय भएका छन । मङ्सिर २१ गते भएको क्षेत्र नं.३ को प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन भएको मतगणना २२ गते विहान १० बजे देखी सुरु भएको थियो । 

क्षेत्र नं.३ प्रदेश सभा १ का प्रकाश रावलले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उमेदवार यज्ञराज जोशीलाई ६३ मतले पराजित गरेका छन् । रावले १२८१७ मत आफ्नो पक्षमा परेका थिए भने जोशीले १२७५४ मत प्राप्त गरेका छन । 

त्यसैगरी क्षेत्र नं. ३ प्रदेशसभा २ का साझ उमेदवार मानबहादुर सुनार निर्वा्चित भएका छन । उनका निकटतम प्रतिद्वन्दी बेलबहादुर रानामगर १३५३९मत प्राप्त गरेका छन । भने बामगठबन्धन का साझा उमेदवार १३७०० मतका साथै १६१ ले निर्वा्चित हुनु भएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा