११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदीप पौडेलको क्षेत्रमा पुनः मतदान गर्न कांग्रेसको माग

२६ मंसिर २०७४, मंगलवार ११:३६

मंसिर २६, काठमाडौं । नेपाली कांग्रेसले तनहूँ क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ पुनः मतदान गर्न माग गरेको छ । 

यस क्षेत्रमा कांग्रेस युवा नेता प्रदीप पौडेल वामपन्थी उम्मेदवार नेकपा माओवादी केन्द्रकी आशा कोइरालासँग ५ मत पराजित भएका थिए ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको वक्तव्यमा निर्वाचनका क्रममा मंसिर २१ गते विभिन्न बुथका पाँचवटा बाकसमा जम्मा खसेको मत दुई हजार ३२८ भनी मुचुल्का गरिएकामा मतगणनापछि जम्मा सदर तथा बदर मत सङ्ख्या दुई हजार ३७० देखिएको घटनाले मतगणनाका क्रममा फर्जी मत मिसाइएको तथ्य स्वतः स्पष्ट भएको उल्लेख गर्नुभएको छ । 


“संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण कडीका रुपमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा संलग्न कर्मचारीको प्रत्यक्ष संलग्नता र निर्वाचन अधिकृतको संरक्षणमा गरिएको उक्त धाँधलीयुक्त मतगणनाको परिणामलाई नेपाली काँग्रेस अस्वीकार गर्दछ”, मुख्यसचिव पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ । 

विधि र प्रक्रिया विपरीत धाँधलीपूर्ण तरिकाले ४२ मत बढी देखाएर गरिएको अवैधानिक मतगणना र घोषित परिणामलाई बदर गरी उल्लिखित अन्तिम चरणमा मतगणना गरिएका अमरज्योति मावि ग्यारसिं, जनजुक्त शाही मावि (क), जनजौकुमारी शाही आधारभूत विद्यालय (क) म्याग्दे ७, व्यास–५ को उदय मावि ठूलोटार (ख) र म्याग्दे–४ को मीन मावि समेतका पाँचवटा मतदान केन्द्रमा पुनः मतदानको व्यवस्था गरी स्वच्छ र निष्पक्ष निर्वाचनको प्रत्याभूति प्रदान गर्न काँग्रेसले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो