2026-10-29 08:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

स्थानिय तहका जनप्रतिनिधि बिद्यार्थी जस्तै, २ सय दिन प्रशिक्षणमै सकियो

टेक शाही/मङ्सिर २६, डोल्पा । डोल्पामा स्थानिय तहका जनप्रतिनिधिहरु बिद्यालयका बिद्यार्थि जस्ता भएको बताउछन । 

जनताको काम गर्छू भनेर निर्वाचित भएका जनप्रतिनिधिहरु बिभिन्न खाले बैठक र प्रशिक्षणमा रुमल्लीएका छन । सँबिधानमा पूरै अधिकार दिएको भए पनि सरकारले अन्योलमा राखेकोले जनताको काममा प्रभाबकारिता दिन नसकेको ठलीभेरि नगरपालिकाका प्रमूख गणेशबहादुर शाहीले बताए । उनका अनुसार जनप्रतिनिधिहरुले एक बर्ष सम्म सिक्दै र अनुभब गर्दै जाने जनताले सोचे अनुरुप काम नहुने भएकोले बिद्यार्थिका रुपमा बसेको बताए । 

मानवअधिकार एलाइन्स र ठुलीभेरि नगरपािलकाको आयोजनामा मानवअधिकार राष्ट्रिय कार्ययोजना अभिमुखिकरण कार्यक्रममा ठुलिभेरि नगरपालिकाका ११ वटै वडा अध्यक्षहरुले सरकारले घाम ताप्ने मात्र बनाएको आरोप लागए । 

सामान्य सिफारिस लेख्ने काम पनि आफै गर्नु पर्ने र कार्यालय सञ्चालनको लागि आवास्यक कर्मचारिहरु नदिए पछि के गर्ने भन्ने कुराको कुनै टुङ्गो. नभएको सचिवहरु बताउछन । उनिहरु भन्छन हाम्रा २ सय दिन प्रशिक्षण र बैठकमा सकिए जनताको काम गरेको महसुस छैन । 

सँबिधानमा उल्लेख भए अन्ुसार जनप्रतिनिधि चयन भै सकेपछि वडा स्तर सम्म सरकारले कर्मचारि नपाठउदा ४ वटा वडा कार्यालय एकै वडा कार्यालयमा वठा सचिव बिहिन चलि रहेका छन । सदरमुकाम द्ुनैमा रहेको ठुलीभेरि नगरपालिकाको वडा न ३ को कार्यालयमा मात्र ४ वटा वडा कार्यालय वडा सचिव बिहिन अबस्थामा सञ्चालन भएको ४ वटै वडाका वडा अध्यक्षहरु बताउछन । उनिहरु भन्छन कर्मचारि बिना जनप्रतिनिधिहरुले मात्रै काम गर्न सकिदैन, तत्काल कर्मचारि खटाइयोस । 

मानवअधिकार राष्ट्रिय कार्ययोजना सम्बन्धी गोष्टिमा नागरिकले पाउने सेवा सुबिधा,अधिकार र मानवअधिकारको बिषयमा जानकारि गारइएको थियो । देश सँघियतामा गइ स्थानिय सरकार बने पछि मानव अधिकारका बिषयमा जानकारि दिने उद्धेश्यले एक दिने गोष्टिको आयोजना गरिएको ठुलीभोरि नगरपालिकाका प्रमूख गणेश बहादुर शाहीले बताए । हरेक नागरिक सँग स्थानिय सरकारनै  पहिलो प्राथमिकता हुने भएकोले नागरिकले मानवअधिकारको रक्षा भएको अथवा सुनुवाइ भएको महसुस गराउनको लागि जनप्रतिनिधिलाइ अभिमूखिकरण गरिएको प्रशिक्षक सुरेन्द्र ढकालले जानकारि दिए । 

स्थानिय सरकार चयन भएको २ सय दिन पार भे सकेको अबस्थामा जनताले अपेक्षा गरे अनुसारको काम जनप्रतिनिधिबाट नभएको नागरिकहरु बताउछन । नागरिकहरु भन्छन अहिले पनि सबै कुरा सदरमुकाममा जानु पर्ने उनै सदरमुकाममा रहेका कार्यालयबाट गर्नु पर्ने भए के को स्थानिय सरकार र सँघियता भयो ? जनताको दुख उस्तै छ स्थानिय सकारको आभास भएको छैन जगदुल्ला गाँउपालिकाका स्थानिय भक्त बोहोराले दुखेसो पोखे । 

आर्थिक काम गर्नको लागि बैँङ्क छैन ?सुरक्षा प्रभबकारि छैन ?सञ्चारका भरपर्दा माध्याम छैनन ? सडक,बिजुली,स्वास्थ्य राम्रो छैन कसरि स्थानिय सकार भन्ने मुड्केचुलाका लाल प्रसाद बुढाले भने । यसरि नागरिकहरु भन्छन हामीले चुनेका जनप्रतिनिधिनै अनयोलमा छन सरकार जनताको खुसि र स्थानिय सकारको आभास कहिले गाराउछौ । 

“रेडियो लिँकमा बिटयिस राखि प्रभाबकारि सञ्चार प्रदान गरिने”

डोल्पा जिल्लामा हाल सञ्चालनमा रहेको रेडियो लिङ्कमा द्रुत गतिको ठुलो क्षमता भएको बिटिएस जडान गरिने भएको छ । त्रिपूरासुन्दरि नगरपालिकाको रसि लेखमा रहेको नेपाल टेलिकमको रेडियो लिङ्क टावरमा बिटिएस राखि भरपर्दो र प्रभाबकारि मोबाइल सेवा प्रदान गरिने ठुलीभेरि नगरपालिकाका प्रमूख गणेश बहादुर शाहीले जानकारि दिए । उनका अनुसार करिब २५ लाख बराबरको आर्थिक लागतमा उक्त बिटिएस राख्न लागिएको बताए । 

रसिको लेखमा रहेको टेलिकमको रेडियो लिङ्क टावरमा बिटिएस राखिए पछि हालका ४ वटा स्थानियतहका जनता लाभाम्बीत हुने पनि प्रमूख शाहीले बताए । उनका अनुसार ठुलीभेरि नगरपालिका,त्रिपूरासुन्दरी नगरपालिका,काईके गाँउपालिका र शे–फोक्सुण्डो गाँउपालिकाका जनताले भरपर्दो मोबाइल सेवा पाउने जानकारि दिए । 

बिटिएस सञ्चालनका लागि अन्य प्राबिधिक सामाग्रीहरु नेपाल टेलिकमले नै ल्याउने र ढुवानीका साथै बिद्युत लाइन बिस्तारको लागि स्थानिय तहबाट ब्यवस्था गर्नु पर्ने शाहीले बताए । उनले भने ठुलीभेरि नगरपालिकाले १० लाख ब्यवस्था गर्ने र अन्य बाँकी रकम ३ वटा स्थानिय तहमा सहकार्य गरि  तत्काल बिटिएसबाट सञ्चार बितरण गर्ने बताए । 

साविकको रह गाविसमा उत्पादन भएको बिद्युतबाट लाइन बिस्तार गरि रसिको लेखमा रहेको नेपाल टेलिकमको रेडियो लिङ्क टावर सम्म करिब ७ किलोमिटर बिद्युत लाइन बिस्तार गरिने छ । बिद्युत बितरणको शुल्क रहले पाउने छ भने नेपाल टेलिकमबाट पाउने अन्य आम्दानी नगरपालिकाले पाउने छ । 

जनताको माग र नागरिकलाइ सचेत बनाउने पहिलो माध्याम भनेको सञ्चार एबम मोबाइल सेवा तथा इन्टरनेट भएकोले पहिलो प्राथमिकता भएको नगर प्रमूख गणेश बहादुर शाहीले बताए । 

अबको केहि महिनामा हरेक नागरिकले भरपर्दो र प्रभाबकारि सञ्चार तथा मोबाइल सेवाका साथै द्रुत गतिको इन्टरनेट थ्रिजी सेवा ४ वटा स्थानिय तहका नागरिकले घरघरमा बसेर लिन पाउने पनि प्रमूख शाहीले बताए । यदि यो सेवा बिस्तार भएका करिव २० हजार बराबर जनस्खया लाभाम्बीत हुने छन । 

उक्त बिटिएस जडानका लागि धेरै प्रकृया टेलिकमसँग अगाडि बढाइ सकिएको र अब अन्य स्थानिय तहका प्रमूखसँग एक चरणमा छलफल गर्न बाँकी रहेको नगर प्रमूख शाहीले जानकारि दिएका छन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम