जितको छिनोफानो हु"/>
मंसिर २७, काठमाडौँ | प्रतिनिधिसभाको १ सय ६५ क्षेत्रमध्ये बाँकी रहेको एक मात्र सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ।
जितको छिनोफानो हुन बाँकी रहेको उक्त क्षेत्रमा नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ५१९ मतले अग्रता लिएका छन्।
अघिल्लो मतगणनामा ३११ मतले अघि बढेका गच्छदार अहिले ५ सय १९ मतले अगाडि छन् ।
गच्छदारले ३६ हजार ८० मत ल्याएका छन् भने संयुक्त वाम गठबन्धनबाट उम्मेद्वार बनेकी नेकपा एमालेकी भगवती चौधरीको ३५ हजार ५६१ मत ल्याएकि छन् ।