२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देजाभु सञ्चालक हिरासतमा, डिजे मार्समेलो फाइभ स्टारमा

२९ मंसिर २०७४, शुक्रबार ०१:४५

मंसिर २९, काठमाडौँ । प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी मुद्दाअन्तर्गत कारबाही भोग्ने भएका छन् । 

तोडफोडका मुख्य कारक डिजे भने काठमाडौंको तारे होटेलमा आराम गरिरहेका छन् । अमेरिकी डिजे (डस्को जक्की)का नाममा देजाभु सञ्चालक र इभेन्ट अर्गानाइजरले सर्वसाधारणसँग रकम संकलन गरेको पाइएपछि उनीहरूलाई ठगी मुद्दाअन्तर्गत कारबाही अघि बढाइएको हो । 

प्रहरीका अनुसार तोडफोडका क्रममा देजाभु सञ्चालक विशाल डाँगी, जयन श्रेष्ठ, मयक खड्का, मिलन श्रेष्ठ, पृथु बास्कोटा, राजीव महर्जन, आकाश न्यौपाने र रितेश मारबाडी पक्राउ परेका छन् । त्यसमध्ये मारबाडी र महर्जन इभेन्ट अर्गानाइजर हुन् । बाँकी सबै क्लब सञ्चालक हुन् । प्रहरीका अनुसार पक्राउ परेका बास्कोटा क्रिकेटका राष्ट्रिय खेलाडी हुन् ।

उनीहरूले अमेरिकी डिजे मर्समेलो ल्याउने भन्दै ५ हजारभन्दा धेरैजनासँग ३५ सयदेखि ५ हजार रुपैयाँका दरले टिकट बिक्री गरेका थिए । तर, पछि मर्समेलो आउन नसक्ने भनेपछि आक्रोशित दर्शक तोडफोडमा उत्रिएका थिए । प्रहरीका अनुसार क्लबमा १७ करोड रुपैयाँभन्दा धेरै मूल्यबराबरको धनमाल तोडफोड भएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका डिएसपी प्रजित केसीले पक्राउ परेका सबैलाई ठगी मुद्दाअन्तर्गत कारबाही अघि बढाइएको बताए । उनले भने, ‘क्लब सञ्चालक र इभेन्ट अर्गानाइजरले मर्समेलोका नाममा महँगो मूल्यमा टिकट बेचेको पाइयो । तर, मार्समेलोलाई उपस्थित गराउन सकेनन् । अर्को महँगो मूल्यमा रक्सी तथा अन्य खाद्य पदार्थ पनि बेचेको पाइयो । त्यसो हुँदा उनीहरूविरुद्ध ठगी मुद्दा आकर्षित हुन्छ ।’

प्रहरीको अनुसन्धानबाट उनीहरूले क्बलको हल क्षमताभन्दा धेरै टिकट बिक्री गरेको खुलेको छ । प्रहरीका अनुसार हलको क्षमता ३५ सय दर्शक अटाउनेछ । तर, उनीहरूले ५ हजारभन्दा धेरैलाई टिकट बेचेका छन् । डिएसपी केसीले भने, ‘हलको क्षमता ३५ सय दर्शक अट्ने देखिन्छ । तर, उनीहरूले ५ हजारभन्दा धेरै टिकट बेचेको खुलेको छ ।’

डिजे मार्समेलो होटेल द्वारिकाज्मा

देजाभु क्लब तोडफोडका मुख्य कारक बनेका डिजे मर्समेलो अहिले बत्तीसपुतलीस्थित होटेल द्वारिकाज्मा आरम गरिरहेको खुलेको छ । क्लबको कार्यक्रममा सहभागी हुन उनी मंगलबार काठमाडौं उत्रिएका थिए । त्यसपछि उनलाई होटेल द्वारिकाज्मा बस्ने प्रबन्ध मिलाइएको थियो ।

खानपान नमिलेपछि उनी अचानक बिरामी परेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार डिजे मार्समेलो बिरामी भएपछि क्बलमा उपस्थित हुन नसेको खुलेको छ । डिएसपी केसीले भने, ‘डिजे मार्समेलोसँग पनि हामीले भेट्यौँ । ऊ बिरामी नै भएको खुल्यो । चिकित्सकको सल्लाहपछि उनी अहिले होटेलमा आराम गरिरहेका छन् ।’

यसरी भयो तोडफोड

डिजे मार्समेलोलाई देजाभुले महँगो मूल्यमा काठमाडौं उतारेको थियो । सोहीअनुसार इभेन्ट अर्गानाइजरले सर्वसाधारणसँग टिकट बिक्री गरेको थियो । योजनाअनुसार डिजे मार्समेलो बुधबार रातको १० बजे क्बल आउने भनियो । 

सोहीअनुसार क्लबमा दर्शक जम्मा गरियो । तर, निर्धारित समयमा उनी उपस्थित हुन सकेनन् । अर्गनाइजरले डिजेलाई सम्पर्क गरे । उनी फुड पोइजनका कारण बिरामी परेको खुल्यो । अर्गानाइजरले त्यो विषय दर्शकलाई बताएनन् । उनीहरूले दर्शकलाई डिजे ११ बजे आउने जानकारी दिए । तर, ११ बजे पनि उनलाई उपस्थित गराउन सकेनन् ।

 पछि १२ बजे आउने भनियो । त्यसवेला पनि उपस्थित गराउन सकेनन् । तीव्र प्रतीक्षामा बसेका दर्शकलाई रातको १ बजे अर्गनाइजरले डिजे आउन नसक्ने जानकारी गराए । 

त्यसपछि दर्शक उत्तेजित बने । क्लबका बाउन्सरले रोक्न खोजे । तर, उनीहरूको केही चलेन । अन्ततः देजाभुमा बिहानको ३ बजेसम्म तोडफोड मच्चियो र पूर्ण रूपमा ध्वस्त बन्यो । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य