२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

धनकुटाका १३ उम्मेदवारको जमानत जफत

२०७४, २९ मंसिर शुक्रबार ०३:१६

मङ्सिर २९, धनकुटा (रासस) | गत मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धनकुटाका १३ उम्मेदवारको जमानत जफत भएको छ । 

एक प्रतिनिधि र दुई प्रदेश रहेको धनकुटा जिल्लामा जमानत जफत हुनेमा प्रतिनिधिसभाका चार, प्रदेशसभातर्फ प्रदेशसभा ‘क’ मा पाँचवटा पार्टी र प्रदेशसभा ‘ख’ मा चार पार्टी रहेका छन् । निर्वाचनमा भएको मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने निर्वाचन आयोगको प्रावधानअनुसार जमानत जफत भएको हो । 

जिल्लाको निर्वाचनमा सहभागी भएकामध्ये सबैभन्दा कम मत प्राप्त गर्ने राप्रपाबाट प्रतिनिधिसभातर्फका उम्मेदवारले ३१ मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालय धनकुटाको तथ्यांकमा रहेको छ । 

जमानत सफत हुनेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लिम्बुवान लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टीलगायत उम्मेदवारी दिएका सात दल छन् । निर्वाचनमा जमानत जोगाउन छ हजार ६५५ मत आवश्यक हुने जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।

जिल्लामा उम्मेदवारी दिएका प्रतिनिधिसभातर्फका उम्मेदवारले रु १० हजार र प्रदेशसभातर्फका उम्मेदवारले रु पाँच हजार धरौटीबापत रकम जम्मा गरेको रकम फिर्ता नपाउने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले बताउनुभयो । 

जिल्लामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच वाम गठबन्धन र नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले लोकतान्त्रिक गठबन्धन बनाएका थिए । एक प्रदेश र दुई प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा वाम गठबन्धनले एमाले पार्टीबाट सबै क्षेत्रमा र लोकतान्त्रिक गठबन्धनले क्षेत्र बाँडेर एक–एक उम्मेदवार उठाएका थिए । 

निर्वाचनमा जिल्लाका ११ दलका १९ उम्मेदवार चुनावी मैदानमा रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा