२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीमा ७७ जना उम्मेदवारको जमानत जफत

२०७४, २९ मंसिर शुक्रबार ०८:०५

मङ्सिर २९, पोखरा  । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कास्कीका ७७ जना उम्मेदवारको जमानत जफत भएको छ । 

कूल १८ राजनीतिक दल र तीन स्वतन्त्र गरी ९५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रकोमा वाम गठबन्धनका नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) तथा नेपाली काँग्रेसका १८ जना उम्मेदवारले मात्रै जमानत फिर्ता पाउनुभएको क्षेत्रीय निर्वाचन कार्यालयका सूचना अधिकारी तेजबहादुर गुरुङले जानकारी दिनुभयो । 

प्रतिनिधिसभाका तीन र प्रदेशसभाका नौ निर्वाचन क्षेत्र रहेको जिल्लामा राप्रपा, राप्रपा (प्र), नयाँशक्ति, विवेकशील साझा पार्टी, संघीय समाजवादी फोरम, देशभक्त जनतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चालगायतका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले खसेको सदर मतको १० प्रतिशत ल्याउन नसकेकाले जमानत जफत भएको हो । 

वाम गठबन्धनबाट नेकपा (एमाले)ले प्रतिनिधिसभाका तीन, प्रदेशसभाका तीन र माओवादी केन्द्रले प्रदेशसभामा तीन तथा लोकतान्त्रिक मोर्चाबाट नेपाली काँग्रेसका उम्मेदवारले प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा उम्मेदवारी दिएका थिए । 

प्रदेशसभा क्षेत्र नं २ (ख)मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भए भने अन्य सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले जितेका थिए । जिल्लाको कूल दुई लाख ५५ हजार ४५२ हजार मतदाता रहेकोमा निर्वाचनमा एक लाख ८० हजार ५७३ मत खसेकोमा एक लाख ७३ हजार ३१२ मत सदर भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा